प्रदिप नेपाल

सत्तासिन दलहरूले धारणा बनाएपछि एमालेले एमसीसीबारे धारणा बनाउँछः डा.राजन भट्टराई

नेकपा एमालेका विदेश विभाग प्रमुख डा.राजन भट्टराईले आफ्नो पार्टीले मिनिलियम च्यालेन्स कर्पोरेशन (एमसीसी) बारे अहिले कुनै धारणा नबनाएको बताएका छन्। उनले सत्तासिन दलहरूले धारणा बनाएपछि आफ्नो पार्टीले धारणा बनाउने बताए। ‘हाम्रो पार्टीले अहिले एमसीसीको बारेमा कुनै धारणा बनाएको छैन। सरकारले एमसिसी ल्याउन खोजेको हो कि होइन ? सत्तासिनको धारणा दल एमसीसी बारे के छ भन्नेमा हामी बेखबर छौं। हाम्रो भूमिका प्रतिपक्षी दलको हो,’ उनले भने । नेता भट्टराईले एमसीसी पारित …

पुरा पढ्नुहॊस »

आइसिटी अवार्ड-२०२१ को ग्राण्ड फिनाले डिसेम्बर १७ मा हुने

आइसिटी अवार्ड २०२१ को छनौट प्रक्रिया शुरु भएको छ । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा स्थापित आइसिटी अवार्डको छैटौं संस्करणको लागि विभिन्न ११ विधामा भदौ १५ गतेसम्म अनलाइन नोमिनेशन खुला गरिएको थियो । प्राप्त नोमिनेशनहरूबाट सर्वोत्कृष्ट छनौट गर्नका लागि शुक्रवारदेखि प्रक्रिया अघि बढाइएको छ। आधिकारिक वेबसाइट ictaward.org मार्फत आह्वान गरिएको अनलाइन नोमिनेशनमा ३५० बढीको आवेदन प्राप्त भएको आयोजक लिभिङ विथ आइसिटीले जनाएको छ । यसवर्ष छनौट …

पुरा पढ्नुहॊस »

अब कम्युनिष्ट पार्टीभित्र मौलाएको अहंकारवादविरुद्ध लड्नु पर्छः माधव नेपाल

नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीभित्र अहंकारवादविरुद्ध लडनुपर्नेमा जोड दिएका छन्।. अध्यक्ष नेपालले केपी ओलीप्रति संकेत गर्दै नेपालको कम्युनिष्ट पार्टीहरुमा सरकारमा पुगेपछि अहंकारको घोडा चढने प्रवृत्ति मौलाएको उल्लेख गर्दै त्यसविरुद्ध लडनु पर्ने आवश्यकता औंल्याएका हुन्। ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको आइतबार काठमाडौंमा बिमोचन गर्दै उनले नेपालको कम्युनिष्ट पार्टीभित्र आफ्ना आसेपासेहरुलाई गोलबन्द गर्दै गैरकम्युनिष्ट प्रवृत्ति मौलाउँदै आएको उल्लेख गर्दै त्यस्ता प्रवित्तिहरुलाई निस्तेज पारेर अघि बढ्नुको विकल्प …

पुरा पढ्नुहॊस »

आफू अब केही वर्षपछि एक्लिदै जाने हो कि भन्ने चिन्ता छः पुष्पकमल दाहाल

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओले जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १÷२ वर्षपछि यस्तै हुने हो कि भन्ने चिन्ता लाग्ने गरेको बताए। आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको उल्लेख …

पुरा पढ्नुहॊस »

संसद् कहिले सुचारु हुन्छ, ओलीजीलाई सोध्नूः प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताएका छन्। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्नीप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै आइतबारको प्रतिनिधिसभा बैठक पनि चल्न दिएन। संसद बैठक लगातार अवरुद्ध भइरहेका बेला प्रधानमन्त्री देउवाले संचारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै संसद बैठक सुचारु कहिले हुन्छ? भन्ने कुरा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी ओलीलाई सोध्न आग्रह …

पुरा पढ्नुहॊस »

बंगलादेशविरूद्ध नेपालः दोस्रो मैत्रीपूर्ण खेल बराबरीमा

नेपाल र बंगलादेशविचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएकाे छ। आज दशरथ रंगशालामा भएको खेलमा नेपालले गोलरहित बराबरी खेलेको हो। नेपालले पहिलो मैत्रीपूर्ण खेलमा २-१ गोलको जीत निकालेको थियो। एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेलेको हो।

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगद्वारा दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी

निर्वाचन आयोगले दल विभाजनबारे वाग्मती प्रदेशसभालाई जानकारी गराएको छ। आयोगको पत्र प्रदेशसभा सदस्य तथा नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य राजेन्द्रप्रसाद पाण्डेलगायतको टोलीले आज प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो। आयोगले उक्त पत्रमार्फत नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट निर्वाचित भएका १३ जना प्रदेशसभा सदस्यले नेकपा (एकीकृत समाजवादी) रोजेको जानकारी प्रदेशसभा सचिवालयलाई गराएको छ। राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (दोस्रो संशोधन अध्यादेश, २०७८) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ (दोस्रो संशोधन अध्यादेश, २०७८) को …

पुरा पढ्नुहॊस »

मन्त्री मनाङेले अझै बुझाएनन् सम्पति विवरणः भन्छन्, ‘अहिले म सँग केही छैन, सबै केटाहरूसँग छ’

पोखरा, गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) र अर्का एक मन्त्रीले हालसम्म सम्पत्ति विवरण पेस गरेका छैनन्। मन्त्री भएको ६० दिनभित्र विवरण बुझाउनु पर्ने नियम छ। मनाङे मन्त्री भएको करिब तीन महिना पुग्न लाग्यो। २९ जेठमा तेस्रो पटक मन्त्रीमा नियुक्त भएका उनले हालसम्म सम्पत्ति विवरण बुझाएका छैनन्। ११ जना मन्त्रीमध्ये नौ जनाले दुई साताअघि विवरण पेस गरिसकेका छन्। मन्त्री मनाङेले आफूसँग कति सम्पत्ति छ भन्ने पनि हेक्का …

पुरा पढ्नुहॊस »

१०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवा!

नेपालमा १०२ प्रतिशत जनसङ्ख्याको पहुँचमा इन्टरनेट सेवाको पहुँच पुगेको पाइएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले जनसङ्ख्या प्रक्षेपण (२०११–२०३०) लाई आधार मानेर प्रतिवेदन तयार पारेको हो। प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएको छ। प्राधिकरणको तथ्याङ्कअनुसार असारसम्म तीन करोड ९ लाख ५४ हजार १४५ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको छ। गत जेठमा दुई करोड ७७ लाख ६ हजार ७११ जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको …

पुरा पढ्नुहॊस »

फोरजीका प्रयोगकर्ता करिब एक करोड नजिक

पछिल्लो समय फोरजीका प्रयोगकर्ताको सङ्ख्या बृद्धि भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को एक वर्षको तथ्याङ्कअनुसार फोरजीका प्रयोगकर्ता बढ्दै गएको देखाइएको छ। गत जेठमा उल्लेख्यरूपमा घटेका प्रयोगकर्ता असारमा बढेका छन्। प्राधिकरणको तथ्याङ्कअनुसार असार मसान्तसम्म फोरजीका प्रयोगकर्ता करिब एक करोडको नजिक पुगेको छ। सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल र स्मार्ट टेलिकम गरि तीन दूरसञ्चार सेवा प्रदायक कम्पनीले फोरजी सेवा सञ्चालन गर्दै …

पुरा पढ्नुहॊस »