नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गराउन माग गरेको छ । बिहीवार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डढेल्धुराको वडा तहमा पुनः निर्वाचन गर्नुपर्ने माग राखेको हो। पत्रकारसँगको संक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डढेल्धुरादेखि देशका विभिन्न ठाउँमा समस्या आइरहेकाले त्यसको समाधान न्यायोचित ढंगले हुनुपर्ने बताए। कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले डढेल्धुरामा पुनः चुनाव नहुने बताए। …
पुरा पढ्नुहॊस »प्रतिपक्षमै रहे पनि समृद्ध नेपाल निर्माणका लागि एमाले सक्रिय छः अध्यक्ष ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रतिपक्षमा रहे पनि समृद्ध नेपाल र राष्ट्रिय स्वाधिनताको लक्ष्यप्रतिको जिम्मेवारीमा कुनै फरक नपर्ने बताएका छन्। एमालेको काठमाडौँ जिल्ला कमिटीले आज आयोजना गरेको विस्तारित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीभित्रकै केही स्वार्थी नेताका कारण आफ्नो नेतृत्वको सरकार ढलेको जनाउँदै आगामी निर्वाचनबाट ताजा जनादेश लिएर पुनःसरकारको नेतृत्व गर्ने बताए। “आफ्नो पार्टीको सरकार ढालेर प्रतिपक्षलाई सघाउन जानेलाई जनताले पत्याउने छैनन्। एमाले जस्ताको तस्तै छ। …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंक र नेपाल विकास अध्ययन संस्थानबीच समझदारी पत्रमा हस्ताक्षर
ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन संस्थानबीच लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरुहरूलाई सहुलियतपूर्ण कर्जा साथै वित्तीय साक्षरता एवम् उद्यमशीलता तालिम उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार नेपाल विकास अध्ययन संस्थानको सिफारिसमा वैदेशिक रोजगारीबाट फर्केका युवाहरू, वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका आश्रित परिवार, मानव बेचविखनमा परी उद्घार गरिएका लगायत लक्षित समुदाय तथा क्षेत्रका व्यक्तिहरूलाई ग्लोबल आइएमई बैंक लिमिटेडले सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । नेपाल विकास अध्ययन संस्थानले …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्वारा ३ महिने व्यक्तिगत मुद्दती निक्षेपमा १० प्रतिशत ब्याज
मुक्तिनाथ विकास बैंकले मिति असोज १ गतेदेखि लागू हुने गरि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदरमा भारी वृद्धि गरेको छ। बैंकले व्यक्तिगत मुद्दतीमा ३ महिनाको लागि नै सर्वाधिक १० प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर दिने भएको छ। बैंकले ३ महिने संस्थागत मुद्दतीमा पनि सर्वाधिक ९.५ प्रतिशत वार्षिक ब्याजदर तथा मासिक ब्याज भुक्तानी हुने गरी ब्याजदर प्रकाशित गरेको छ। ३ महिना अवधीका लागि वाणिज्य तथा विकास बैंकहरुले ०७८ …
पुरा पढ्नुहॊस »प्रतिपक्षी दल एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित
प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ। सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ बैठक स्थगित गरिएको जानकारी दिए। बैठक सुरु भएलगत्तै प्रतिपक्षी दलका सदस्यले नाराबाजी गरेका थिए। उनीहरुले पार्टीले प्रदेशसभाका दुई सदस्यलाई कारवाही गरेको पत्र सभामुखले पढेर नसुनाउँदासम्म सदन चल्न नदिने भन्दै नाराबाजी गरेका थिए।
पुरा पढ्नुहॊस »प्रहरीद्वारा २५ किलो सालकको खबटासहित दुई जना पक्राउ
प्रहरीले २५ किलो सालकको खबटासहित आज दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौँको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो। वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो। ब्युरोले आज एक सूचना जारी गरी …
पुरा पढ्नुहॊस »असोज १ देखि काठमाडाैंका विद्यालय खोल्ने निर्णय फिर्ता, प्रशासनले जारी गर्याे यस्ताे आदेश
जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने निर्णय फिर्ता लिएको छ। अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासन आफ्नो निर्णयबाट पछि हटेको हो। निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा जनस्तरबाट विद्यालय खोल्ने निर्णयको चर्को विरोध भएको थियो। बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने आदेश जारी गरेका हुन्। गर्नै पर्ने भएमा …
पुरा पढ्नुहॊस »पुरुष फिफा वरीयतामा नेपाल यथावत, कुन कुन छन् टप टेनमा ?
विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ। फिफाले बिहीबार सार्वजनिक गरेको वरीयता सूचीअनुसार नेपाल १६८औं स्थानमा छ। गत महिना सार्वजनिक सूचीमा पनि नेपाल १६८ स्थानमै थियो। नयाँ वरियताअनुसार दक्षिण एसियाली फुटबलमा भारत सबैभन्दा माथि छ। भारत १०७औं स्थानमा छ। त्यस्तै १५८औं स्थानमा रहेको माल्दिभ्स दोस्रो स्थानमा छ। यसैगरी नेपाल तेस्रो स्थानमा रहँदा १८७औं स्थानसहित भुटान चौथो स्थानमा छ। १८९ स्थानसहित बंगलादेश पाँचौं, १९८ …
पुरा पढ्नुहॊस »आइएमईद्वारा पर्व लक्षित ‘डबलको डबलको डबल’ अफर सार्वजनिक
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ। असोज १ देखि कार्तिक २६ (सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१)सम्म कायम हुनेगरि कूल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफर विहीबार पानीपोखरीस्थित आइएमई केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच सार्वजनिक गरिएको हो। अफर अनुसार विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजार भन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई …
पुरा पढ्नुहॊस »कर्मचारी सञ्चयकोषको लगानी चार खर्ब ३६ अर्ब, सञ्चयकर्तालाई के-के सुविधा छन् ?
कर्मचारी सञ्चयकोषले कूल लगानी सवा चार खर्ब नाघेको छ। कोषले गत आर्थिक वर्ष २०७७/७८ सम्म कूल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुर्याएको हाे। कोषले विभिन्न आयोजना, परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गर्छ। कोषले सार्वजनिक गरेको विवरण अनुसार कूल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड पुगेको छ भने जगेडा कोषमा ४० अर्ब १६ करोड बचत छ। सञ्चयकर्ताको सञ्चय कोष मौज्दात रहेको रकम ३ खर्ब ९८ अर्ब …
पुरा पढ्नुहॊस »