चीनबाट थप ४४ लाख मात्रा भेराेसेल खोप आज आउँदै

सरकारले खरीद गरेको कोभिड-१९ विरुद्धको भेरोसेल खोप आज काठमाडौं आउँदैछ। स्वास्थ्य मन्त्रालयका खोप महाशाखा प्रमुख डाक्टर सागर दाहालले ४४ लाख मात्रा खोप चीनबाट आउन लागेको जानकारी दिए।

खोप ल्याउन वरिष्ठ क्याप्टेन विजय लामाको नेतृत्वमा नेपाल वायुसेवा निगमको विमान बिहीबार राति बेइजिङ उडेको थियो।

खोप आएलगत्तै तुरुन्तै लाउन सुरु गरिने डाक्टर दाहालले बताए। ‘हामी तयार छौं। निश्चित उमेर समूहलाई लगाउँछौं,’ उनले भने ।

हालसम्म ५० वर्ष उमेर समूहलाई कभर गरिसकेको भन्दै उनले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिने बताए। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको उनको भनाइ छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो उपनिर्वाचनको नमुना मतपत्र

काठमाडौँ । मंसिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनको लागि आवश्यक पर्ने मतपत्रका …

प्रतिकृया दिनुहॊस