नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा(एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तिब्रगतिमा अगाडि बढेको दाबी गरेका छन्। नेकपा (एमाले) रुपन्देहीले बुधबार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले विकासका कामहरू अगाडि बढाउन एमाले पार्टी नै चाहिने दाबी गरे। अध्यक्ष ओलीले भने, “देश बनाउन एमाले चाहिन्छ भन्ने कुरा सिद्धबाबाको सुरुङमार्ग, भैरहवा एयरपोर्ट र लुम्बिनीलगायत विकासका पूर्वाधार हेरे पुग्छ।” उनले एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै …
पुरा पढ्नुहॊस »पाँच किलो चाँदीसहित दुई भारतीय नागरिक पक्राउ
ठूलो परिमाणमा चाँदीसहित सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ। सिरहाको लहानबाट भारततर्फ तस्करी गर्न लगिरहेको करिब पाँच किलो चाँदीसहित प्रहरीले भारतको खुटौना पञ्चायतका रवि महतो र पिन्टु महतोलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बुधबार साँझ जाँचका क्रममा भारतीय सीमा क्षेत्र ठाडीबाट चाँदीसहित दुवै जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय लहानमा राखिएको र थप अनुसन्धान भइरहेको …
पुरा पढ्नुहॊस »नेपाली बजारमा सुनकाे माग दैनिक ४० किलोसम्म, आपूर्ति बढाउन व्यवसायीकाे आग्रह
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सुनको आपूर्ति बढाउन नेपाल राष्ट्र बैङ्कसँग आग्रह गरेको छ। महासङ्घका अध्यक्ष माणिकरत्न शाक्य नेतृत्वको टोलीले राष्ट्र बैङ्कको विदेशी विनिमय विभागका कार्यकारी निर्देशक रामु पौडेलसँग भेटेर बजारमा कच्चा सुनको माग र आपूर्तिबीच चरम असन्तुलन रहेको भन्दै त्यसलाई कम गर्न आपूर्ति बढाउन आग्रह गरेको हो। महासङ्घका अनुसार चाडबाडको समयमा दैनिक ३५ देखि ४० किलोसम्म र अन्य सामान्य समयमा दैनिक २५ देखि ३० किलो सुनको माग रहेको छ। हाल …
पुरा पढ्नुहॊस »हतारमा विद्यालय नखोल्न स्वास्थ्य मन्त्रालयकाे निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग बुधबार स्वास्थ्य मन्त्रालयले गरेको छलफलमा हतारमा विद्यालय नखोल्न निर्देशन दिएको मन्त्रायलका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले विद्यालय खोल्न वा नखोल्ने त्यहाँका रहेको स्थानीय तहले निर्धारण गर्ने बताए। उनले विद्यालय खोल्नुभन्दा अगाडि नजिकैको स्वास्थ्य संस्था र स्थानीय निकायसँग समन्वय गर्नसमेत निर्देशन दिएको बताए। उनले स्थानीय तहमा …
पुरा पढ्नुहॊस »सुपथ मूल्य पसल भाेलिदेखि सञ्चालन हुने, कहाँ कहाँ खुल्दैछन्?
सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ। असोज १ गतेदेखि सञ्चालन हुने सुपथ मूल्य पसल कम्पनीले कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सञ्चालन गर्ने जनाएको हो। सरकारले चाडपर्वको अवसरमा हरेक वर्ष दशैँ, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ। कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले असोज १ गतेदेखि कार्यालय रहेका स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा …
पुरा पढ्नुहॊस »खाने तेलको मूल्य वृद्धि किन?, उद्याेगी भन्छन्, ‘अन्तर्राष्ट्रियरूपमा कच्चा पदार्थको मूल्य बढ्याे’
कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ। नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले एक विज्ञप्ति जारी गर्दै कोभिडपछि कच्चा पदार्थको मूल्य दोब्बरले वृद्धि हुँदा खाने तेलको मूल्यमा वृद्धि भएको जनाएको हो। सङ्घको विज्ञप्तिअनुसार सन् २०२० को अप्रिलमा प्रतिमेट्रिक टन ५८९ अमेरिकी डलर रहेको अर्जेन्टिनाको क्रुड सोयाबिनको तेल २०२१ को मे महिनामा प्रति मेट्रिक टन १३६३ डलर …
पुरा पढ्नुहॊस »कांग्रेसले टुङ्ग्यायो काठमाडाैंसहित थप १० जिल्लाको क्रियाशील सदस्यता विवाद
नेपाली कांग्रेसले थप १० जिल्लाका क्रियाशील सदस्यता विवाद टुङ्गो लगाएको जनाएको छ। कांग्रेसले यसअघि ५७ जिल्लाको क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिसकेको छ। भदौ १८ गतेदेखि प्रारम्भ भएको पार्टीको वडा अधिवेशन हालसम्म उक्त सबै ५७ जिल्लामा सम्पन्न भइसकेको छ। बाँकी २० जिल्लामध्ये १० जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान गरी प्रिन्ट भइसकेको र १० जिल्लाको क्रियाशील सदस्यता विवरण पनि आजै सार्वजनिक गर्ने गरि काम भइरहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी …
पुरा पढ्नुहॊस »गृह मन्त्रालयद्वारा १२ प्रजिअहरूको सरुवा
गृह मन्त्रालयले आज विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार गृहमन्त्रीस्तरीय निर्णयले १२ प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको हो। उनका अनुसार गृह मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायलाई ललितपुरको प्रमुख जिल्ला अधिकारीमा पठाइएको र ललितपुरका प्रजिअ ढुण्डीप्रसाद निरौलालाई भने मन्त्रालयमा ल्याइएको छ। गुल्मीका प्रजिअ रुद्रादेवी शर्मालाई भक्तपुर ल्याइएको छ भने मन्त्रालका सहसचिव पुण्यविक्रम पौडेललाई गुल्मीको प्रजिअमा पठाइएको छ। गृहका सहसचिव शङ्करहरि आचार्यलाई गोरखाको प्रजिअमा र सहसचिव …
पुरा पढ्नुहॊस »मुख्यमन्त्री आचार्यद्वारा प्रदेश १ को मन्त्रिपरिषद् विस्तार, पाँच मन्त्री थपिए
प्रदेश नं १ को सरकारको मन्त्रिमण्डल आज विस्तार गरिएको छ। विस्तारित गरिएको मन्त्रिमण्डलमा दुई मन्त्री र तीन राज्यमन्त्री थप गरिएको छ। नवनियुक्त मन्त्रीमा आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसीप्रसाद न्यौपाने, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा हिराकुमार थापा छन्। उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा उत्तमकुमार बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानून राज्यमन्त्रीमा लीलाबल्लभ अधिकारीलाई नियुक्ति गरिएको छ। प्रदेश नं १ का प्रमुख …
पुरा पढ्नुहॊस »सरकारको निर्णयप्रति फलाम तथा स्टिल व्यवसायी आन्दोलित, निर्णय फिर्ता लिन माग
नेपाल सरकारले प्रतिस्थापन विधेयकमार्फत् ल्याएको संशोधन बजेटमा भएको एक व्यवस्थाले फलाम, छड तथा स्टिल उत्पादक व्यवसायी आन्दोलित भएका छन्। काठमाडौंमा पत्रकार सम्मेलन गरि व्यवसायीहरुले एमएस विलेट बनाउन प्रयोग हुने कच्चा पदार्थ (स्पन्ज आइरन) को आयातमा लाग्दै आएको ५ प्रतिशत अन्तःशुल्क शुन्यमा राख्दा निश्चित व्यवसायिक घरानालाई पोस्ने र अन्य उद्योगलाई समस्या पर्ने बताएका हुन्। सरकारले भने आफ्नो रोलिङ प्लान्टबाट एमएस विलेट उत्पादन गरि फलामे छड बनाउने उद्योगलाई प्रोत्साहन मिल्ने नीतिगत व्यवस्था …
पुरा पढ्नुहॊस »