नेपालमा आज १ हजार ६६ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २३१ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या २५ हजार ८२ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार २३४ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ४७ हजार ८०० पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ८३ हजार ९१० जना र एन्टीजेन परीक्षणबाट ८८ …
पुरा पढ्नुहॊस »भारतमा एकैदिन ३५ हजार बढी कोरोना सङ्क्रमित थपिए
भारतमा कोरोना भाइरसबाट थप ३५ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन्। सोही अवधिमा २१८ जनाको सङ्क्रमणका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा अहिले पनि सङ्क्रमितहरूको सङ्ख्या तीन लाख ४० हजार ६३९ रहेको छ। यो सङ्ख्या घट्दै गएको देखिएको छ। एकै समयमा नयाँ सङ्क्रमितभन्दा सङ्क्रमणमुक्त हुनेहरूको सङ्ख्या धेरै भएकाले सङ्क्रमितहरूको …
पुरा पढ्नुहॊस »काठमाडाैं उपत्यकामा असोज ४ गतेदेखि भेरोसेलकाे दोस्रो मात्रा लगाइने
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाउने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका १४५ खोप केन्द्रबाट भेरोसेल खोपको दोस्रो मात्रा लगाउने भएको हो। कार्यालयले असोज ४ देखि ६ गतेसम्म ती खोप केन्द्रमा गई खोप लगाउन सम्बन्धीत सबैलाई आग्रह गरेको छ। कार्यालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार खोप लगाउनका लागि काठमाडौँ महानगरपालिकामा ३२, कीर्तिपुरमा १०, चन्द्रागिरिमा १५, नागार्जुनमा १०, तारकेश्वर ११, दक्षिणकालीमा …
पुरा पढ्नुहॊस »इन्द्रावती नदीमा एक महिला मृत्त फेला, शव परिवारको जिम्मा लगाइयाे
सिन्धुपाल्चोक, इन्द्रावती नदीमा डुबेको अवस्थामा एक महिलाको शव भेटिएको छ। इन्द्रावती गाउँपालिका-५ माझीबगरस्थित इन्द्रावती नदीमा भेटिएको शव ५५ वर्षीया जुना सार्कीको रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ। उनी २८ भदौ बिहान छोरी पार्वती सार्की र नातिनीलाई पुर्याउन पाँचपोखरी थाङपाल गाउँपालिका-७ स्थित छोरीको घरमा गएका थिए। २९ भदौ बिहान छोरीको घरबाट आफ्नो घरतर्फ फर्के पनि दुई दिनसम्म घरमा नआइपुगेकाले परिवार र आफन्तले खोजतलासका लागि प्रहरीलाई खबर गरेका थिए। प्रहरी कार्यालयबाट …
पुरा पढ्नुहॊस »जुवाखालबाट २० जना पक्राउ, चार लाख ७५ हजार नगद बरामद
काठमाडौँको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुबाट प्रहरीले चार लाख ७५ हजार बरामद गरेको छ। जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए। उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा …
पुरा पढ्नुहॊस »कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्छः नेता सिंह
नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रकाे आन्तरिक ब्यवस्थापनकाे अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्। आज गणेशमान सिंहकाे २५ ओैं स्मृतिम दिवसकाे अवसरमा गणेशमान सिंह फाउन्डेसनले शाेभाभगवतीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्। कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुविच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भएकाे भन्दै छिटै सरकारले पूर्णता पाउने बताए। साथै नेता सिंहले कम्युनिष्टहरुको दुईतिहाईको सरकारले जनताको मर्म र …
पुरा पढ्नुहॊस »९६ प्रतिशत सकियो काष्ठमण्डप पुनः निर्माण
ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि बढाइएको छ। अहिले ९६ प्रतिशत काम सम्पन्न भएको छ। अब चार प्रतिशत काम मात्र बाँकी छ। काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेकाले दशैंसम्म सक्ने लक्ष्य छ। “यसबीचमा केही अवरोध नआए ढुक्कसँग दशैँअघि काम सम्पन्न हुने थियो”, अध्यक्ष शाक्यले भने, “अन्य निर्माण सम्पन्न गरि अहिले छानो छाउने काम भइरहेको छ।” ०७२ को वैशाख १२ …
पुरा पढ्नुहॊस »गणेशमान सिंहको २५ औँ स्मृति दिवस आज
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरि मनाइँदैछ। नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए। विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरेका थिए। विसं …
पुरा पढ्नुहॊस »कस्ताे हाेला आजकाे माैसम?
मौसम पूर्वानुमान महाशाखाले आज पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ। नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव कायमै रहेको र मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ भएकाले वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहान जारी मौसम पूर्वानुमान बुलेटिनअनुसार हाल देशभर आंशिकदेखि सामान्य बदलीसहित बागमती प्रदेशका थोरै स्थानहरुमा तथा प्रदेश १ र प्रदेश २ का एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। …
पुरा पढ्नुहॊस »‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई
यस वर्षको ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’ कथाकार हरि थापालाई प्रदान गरिने भएको छ। पुरस्कार समितिका संयोजक तथा राजमित्र स्मृति प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हरिप्रसाद काफ्ले शैवले सो जानकारी दिएका हुन्। साहित्यकार सुशील नेपाल तथा सुमन नेपालद्वारा प्रातस्मरणीय माता-पिताको सम्झनामा स्थापित यस संस्थाले हालसम्म बोष्टनमा रहेर नेपाली साहित्य लेखनमा लागि पर्ने सात जना साहित्यकारलाई सम्मान गरिसकेको छ। सम्मानित हुने साहित्यकारहरूमा भारती गौतम, दिनेश राजभण्डारी, गोवर्द्धन पूजा, लालगोपाल सुवेदी, दीपा राई पुन र …
पुरा पढ्नुहॊस »