सभापति देउवासँग छलफल गर्न रामचन्द्र पौडेल समूह बालुवाटारमा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा देखिएको विवाद समाधान गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई बालुवाटार बोलाएका छन्।

बालुवाटार स्रोतकाअनुसार देउवासँग छलफल गर्न पौडेल बालुवाटार पुगेका हुन्। खासगरी डडेल्धुरामा विवादित वडा अधिवेशनदेखि बाँकी जिल्लाको क्रियाशीलता सदस्यता विवाद टुंग्याउने विषयमा छलफल गर्न देउवाले पौडेलसहितका शीर्ष नेतालाई बोलाएका हुन्।

‘रामचन्द्र दाई आउनुभएको छ। पार्टीको सबै विषयमा कुराकानी भइरहेको छ,’ देउवाको सचिवालयका एक सदस्यले भने।

डडेल्धुरामा सभापति देउवाले एकलौटीरुपमा वडा अधिवेशन गराएको भन्दै पौडेल समूहले पुन:निर्वाचनको माग गर्दै आएको छ।न्युज कारखाना

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एमाले सांसद लिलाबल्लभविरुद्ध मुद्दा नचल्ने निर्णय, ११ जनाविरूद्ध मुद्दा दर्ता

काठमाडौं । मानव तस्करीको आरोपमा हिरासतमा रहेका नेकपा एमाले प्रदेश सांसद लिलाबल्लभ अधिकारीले उन्मुक्ति पाउने …

प्रतिकृया दिनुहॊस