कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्छः नेता सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले गठबन्धनभित्र रहेका केही दलभित्रकाे आन्तरिक ब्यवस्थापनकाे अलमलका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाई भएको बताएका छन्।

आज गणेशमान सिंहकाे २५ ओैं स्मृतिम दिवसकाे अवसरमा गणेशमान सिंह फाउन्डेसनले शाेभाभगवतीमा आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै नेता सिंहले उक्त कुरा बताएका हुन्। कार्यक्रममा नेता सिंहले गठबन्धनमा भएका दलहरुविच कुरा नमिल्दा मन्त्रिपरिषद् विस्तार हुन ढिलाई भएकाे भन्दै छिटै सरकारले पूर्णता पाउने बताए।

साथै नेता सिंहले कम्युनिष्टहरुको दुईतिहाईको सरकारले जनताको मर्म र भावनामा लगातार प्रहार गरेको बताउँदै कम्युनिष्टहरुले संविधानको भावना र मर्म अनुसार काम गर्न नसकेकै कारण गढबन्धनकाे निर्माण भएकाेसमेत बताए। उनले कम्युनिष्टहरु असफल हुँदा त्यसको प्रतिफलस्वरुप नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसरका पाएको बताए। कांग्रेस नेतृत्वको सरकारले जनताको भावना अनुसार काम गर्नेमा विश्वास रहेको उनको भनाइ थियो।

त्यस्तै नेता सिंहले पार्टीको १४ औं महाधिबेशनबाट नेपाली जनताको भावना बुझ्ने सक्षम नेतृत्व आउने बताए। उनले पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको भन्दै विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्नु पर्ने बताए।

‘पार्टीभित्र विवाद र अलोकतान्त्रिक गतिविधी बढीरहेको छ।’ उनले भने, ‘महाधिवेशन निष्पक्ष तवरले गर्नु पर्दछ। विवाद भएका जिल्लामा विधीविधान अनुसार समधान गर्न सभापति लगायत सम्पूर्ण नेताहरु लाग्नु पर्दछ।’

अर्को प्रसङ्गमा नेता सिंहले साझा उम्मेद्वारको सम्भावना अझै नसकिएको भन्दै त्यसका लागि निरन्तर छलफल भइरहेको जानकारी दिए। तर आफू सभापतिको उम्मद्वारबाट पछि नहट्ने उनको भनाइ छ।

कार्यक्रममा उनले सर्वोच्च नेता गणेशमान सिंहले नेपालको राजनीतिमा पुर्याएको योगदानको स्मरण गरेका थिए। जस्तोसुकै अप्ठयारो परिस्थितीमा पनि गणेशमान सिंहले नेपाली जनताको सेवा गर्न नछोडेको उनले बताए। साथै कांग्रेस पार्टी मजबुत बनाउन गणेशमान सिंहको अमूल्य योगदान रहेको नेता सिंहको भनाइ थियो।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस