एभरेष्ट प्रिमियर लिग (ईपीएल) २०२१ को उपाधि चितवनले हात पारेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको चौथो संस्करणको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधि हात पारेको हाे। यससँगै चितवन पहिलो पटक च्याम्पियन बनेको छ। चितवनले १५.५ ओभर खेल्दै ६ विकेटको क्षतिमा पोखराले दिएको ११२ रनको लक्ष्य पुरा गरेको हो। विजेता टोली चितवनका लागि भीम सार्कीले ४५ बल खेल्दै ७ चौका र २ छक्कासहित ६३ जोडेका थिए। …
पुरा पढ्नुहॊस »कोरोना अपडेटः आज ७६० जना कोरोना संक्रमित थपिए, ८९९ निको भए
नेपालमा आज ७६० जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख १ हजार ६३३ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ९६३ पुगेको …
पुरा पढ्नुहॊस »‘बिहे भा छैन’ मा आकाश र पूजा शर्माकाे दमदार अभिनय (भिडियाेसहित)
लोकप्रिय नायक नायिका जोडी आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बर सार्वजनिक भएको छ। विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको बिहे भा छैन बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो। गीत म्युजिक भिडियोसहित संगम सिने आर्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। यसको म्युजिक भिडियो रिलीजमा आएलगत्तै दुई लाख ६० हजार बढीले हेरिसकेका छन् भने दर्शकले यसको तारिफ गर्दै सकारात्मक प्रतिक्रिया व्यक्त गरिरहेका …
पुरा पढ्नुहॊस »गायक शिव परियारको “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” (भिडियाेसहित)
गायन क्षेत्रमा चर्चित एवं अब्बल गायकको रूपमा चिनिन्छन् शिव परियार। गायक परियारका अधिकांश गीत दर्शक–श्रोताले मन पराएका छन्। पछिल्लो समय गायक परियारको “पिउँदिन भन्दा भन्दै पिलायो साथीले” को अपार सफलतापछि शिव परियारको गायनमा पिउने र पिलाउने शृङ्खलाको फेरी अर्को गीत “पिउन सुरु गरेपछि होस पनि त कहाँ हुन्छ” भन्ने बोलसहित इम्प्रेशन इन्टरटेनमेन्टले बजारमा ल्याएको छ। सोही गीतमा मनोरञ्जन उद्योगका सिद्ध हस्त नृत्य निर्देशक कविराज गहतराज र छायाङ्कन हरि हुमागाईँको संलग्नतामा …
पुरा पढ्नुहॊस »पूर्वराजा ज्ञानेन्द्र शाहले यस वर्ष सर्वसाधारणलाई दसैंकाे टीका नलगाउने
पूर्वराजा ज्ञानेन्द्र शाह यस वर्ष दसैंका कार्यक्रममा सहभागी नुहने भएका छन्। पूर्वराजा शाहको सचिवालयले जारी गरेको सूचनामा महाअष्टमीका दिन विभिन्न शक्तिपीठमा दर्शन र पूजा नगर्ने जनाइएको छ। यस्तै, पूर्वराजा शाहले दसैंका दिन सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम पनि नगर्ने बताइएको छ। कोरोना महामारीलाई मध्यनजर गर्दै पूर्वराजा शाह दसैंका कार्यक्रममा सहभागी नहुने भएका हुन्।
पुरा पढ्नुहॊस »बहस: अब नेपाली चलचित्रको बजार हल कि डिजिटल ?
नेपाली चलचित्रको बजार हल र डिजिटल प्लेट फर्म दुवै भएको चलचित्रकर्मीहरुले बताएका छन्। कोरोनाबाट थलिएका नेपाली चलचित्रको बजार हल कि डिजिटल भन्ने विषयमा असोज २२ गते शुक्रबार अनलाइन मार्फत भएको बहसमा चलचित्रकर्मी तथा प्रदर्शकहरुले उक्त कुरा बताएका हुन्। अब बजार भनेकै डिजिटल प्रणाली भएकोले भन्दै आफ्नो नयाँ चलचित्र ‘एक‘ विभिन्न डिजिटल प्लेटमार्फत रिलिज गरेका निर्देशक मनोज पण्डितले यस प्रविधिको प्रयोगमा भने अन्यौल रहेको बताए। चलचित्र प्रदर्शन गर्न सहज भएपनि डिजिटल …
पुरा पढ्नुहॊस »अण्डाको उत्पादन दैनिकरूपमा घट्दै, मूल्य बढ्दै
अण्डाको उत्पादन घटेसँगै मूल्यमा वृद्धि भएको छ। दैनिक ४५ लाख हाराहारी उत्पादन हुने अण्डा अहिले घटेर ३५ लाख हाराहारीमा झरेसँगै मूल्य बढेको हो। नेपालमा दुई हजार ७०० हाराहारी पोल्ट्री फर्म छन्। नेपाल अण्डा उत्पादक सङ्घका अध्यक्ष शिवराम केसीका अनुसार नोक्सान बढेपछि धेरै किसान विस्थापित भएसँगै उत्पादन घटेको हो। उनले भने, “साना किसान विस्थापित भएका छन् ठूला स्थापित हुँदैछन्।” अण्डा उत्पादन क्षेत्रमा मात्रै ४० हजार हाराहारीले रोजगारी पाएको उनको भनाइ छ। …
पुरा पढ्नुहॊस »नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै
नवरात्रको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा गरिँदैछ। दसैंकाे घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन चन्द्रघण्टा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको तेस्रो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले सिंचित गरिन्छ। तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा …
पुरा पढ्नुहॊस »प्रधानमन्त्रीद्वारा नवनियुक्त सबै मन्त्रीलाई निर्देशन, ‘जनअपेक्षा अनुसार काम गर्नु’
प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन्। मन्त्रिपरिषदलाई पूर्णता दिएलगत्तै शुक्रबार अपरान्ह सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले मुलुकको आवश्यकता अनुसार उत्साह र इमान्दारिताका साथ जनताको अपेक्षा अनुसार काम गर्न नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिएका हुन्। त्यस अवसरमा उनले नवनियुक्त मन्त्रीहरुको कार्यकालको पूर्णसफलताको कामनासमेत गरेको नवनियुक्त सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकले सरकारको प्रवक्तामा सञ्चार तथा सूचना …
पुरा पढ्नुहॊस »इच्छाराज तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न अनुमति
बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ। एमालेबाट संविधानसभा सदस्यसमेत रहिसकेका सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्व अध्यक्ष, पूर्व संसद् एवं सिभिल बैंकको अध्यक्ष इच्छाराज तामाङ, सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता …
पुरा पढ्नुहॊस »