नेपालमा आज ७६० जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ३४० रहेको छ। यस्तै, एन्टीजेन परीक्षणबाट १२४ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९९ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ।
यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख १ हजार ६३३ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९२ हजार ९६३ पुगेको छ।
आज ११ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २२१ पुगेको छ।
आज १२ हजार ३१ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ४२ लाख ७९ हजार ७०१ जनाको पिसिआर परीक्षण गरिएको छ। एन्टीजेन परीक्षण ६ लाख ११ हजार ७९५ पुगेको छ।
तपाईंको प्रतिकृया




