साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज एक सयले बढेको हो। आज छापावाला सुनको प्रतितोला ९० हजार ७०० मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९० हजार २५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यता चाँदीको मूल्य पनि आज पाँच रुपैयाँले बढेको छ। चाँदी आज एक हजार १७५ रुपैंयाँमा कारोबार भइरहेको छ।
पुरा पढ्नुहॊस »काठमाडाैं उपत्यकाबाट तीनदिनमा दुई लाख यात्रु बाहिरिए
नेपालीको महत्त्वपूर्ण चाड दशैँ र तिहार मनाउन राजधानी काठमाडौँबाट गृह जिल्ला फर्किनेको चाप बढ्न थालेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार घटस्थापनादेखि शनिबारसम्म तीन दिनको अवधिमा करिब दुई लाख यात्रुले काठमाडौँ उपत्यका छाडेका छन्। उपत्यकाको नागढुङ्गा, बल्खु, जगाते, मुड्खु, जरसिंहपौवा, टोखा र चन्द्रागिरिलगायत विभिन्न नाकाबाट करिब २५ हजार सवारीसाधन बाहिरिएका छन् । ट्राफिक प्रहरी महाशाखा प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले सामान्यतः उपत्यकाबाट बाहिरिने सवारीसाधनको सङ्ख्या र यात्रु सिट क्षमताका …
पुरा पढ्नुहॊस »साफ च्याम्पियनसिपः नेपाल र भारतबीचकाे खेल आज राति हुने
माल्दिभ्समा चलिरहेको साफ च्याम्पियनसिप फुटबलमा आज राति नेपाल र भारतबीच प्रतिश्पर्धा हुने भएकाे छ। साफको सर्वाधिक सफल टिम भारतले अघिल्लो दुई खेलमा बराबरी खेलेको थियो। पहिलो खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको भारतले दोस्रो खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो। नेपालले भने लगातार दुई खेल जितेको छ। पहिलो खेलमा माल्दिभ्सलाई १–० ले हराएको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-२ ले हराएको थियो। नेपाल २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ। …
पुरा पढ्नुहॊस »दसैंको चौंथो दिनः आज कुष्माण्डा देवीको पूजा गरि मनाईंदै
नवरात्रको चौंथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ। घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। हिन्दू धर्मावलम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कुष्माण्डा देवीको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि सुरू भएको नवरात्रको चौंथो दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ। चौंथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा …
पुरा पढ्नुहॊस »सडक छेउमा फेला परेको एक लाख नगद सम्बन्धित व्यक्तिलाई फिर्ता
जाजरकोट । जाजरकोट सदरमुकाम खलङ्गा बजार स्थित गैरी खालीमा हराएको एक लाख रुपैंयाँ सम्बन्धित व्यक्तिलाई बुझाइएको छ। गैरी खाली स्थित सडक छेउमा फेला पारेको एक लाख रुपैयाँ कुसे गाउँपालिका ९ मेलविसाउनाका ४५ वर्षीय धर्मे सार्कीलाई बुझाइएको हो। शुक्रवार बेलुका ६ बजे कुसे गाउँपालिका २ का २१ वर्षीय सुवास सह र भेरी नगरपालिका ४ का २३ वर्षीय धर्म चन्दले सदरमुकाम खलङ्गा स्थित गैरी खाली सडक बाटोमा फेला पारेको एक लाख रुपैयाँ …
पुरा पढ्नुहॊस »पार्टी सङ्गठनलाई मजबुद बनाउनु हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी: प्रकाशमान सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सङ्गठनलाई मजबुद बनाउनमा हरेक कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताए। नेपाली कांग्रेस टोखा नगरपालिका–११ ले दसैँको अवसरमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उनले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुनुपर्ने भन्दै कांग्रेसलाई बलियो बनाउन हरेक नेता तथा कार्यकर्ताको महत्वपूर्ण जिम्मेवारी रहेको बताए। “पार्टीलाई संस्थागत, विधिसम्मत रुपमा जनताको हित हुने गरी सञ्चालन गर्नुपर्छ”, उनले भने। राजनीति मुद्दा अन्त्य भएकाले अब देशलाई आर्थिक …
पुरा पढ्नुहॊस »कङ्गोमा भएकाे डुङ्गा दुर्घटनामा १०० भन्दा बढीको मृत्यु
डेमोक्रेटिक रिपब्लिक अफ कङ्गोमा डुङ्गा दुर्घटनामा परी १०० भन्दाबढी मानिसहरूको मृत्यु भएको भएको अधिकारीहरूले बताएका छन्। उत्तर पश्चिमी प्रान्त मोंगलाका गभर्नरका प्रवक्ता नेस्टर मग्बाडोले एएफपीलाई जनाएअनुसार सोमबारदेखि मङ्गलबार रातिसम्म उक्त दुर्घटनामा हराइरहेका ६१ जानको शव निकालिएको छ भने अन्य ६० जना अझै बेपत्ता रहेको विश्वास गरिएको छ। उक्त दुर्घटनामा ३९ जना यात्रुहरू भने जीवित रहेका छन्। यात्रुको यकिन सङ्ख्या भने जानकारी छैन। सङ्ख्या भने डुङ्गाको क्षमताको आधारमा गरिएको अनुमान मात्र …
पुरा पढ्नुहॊस »राप्रपा अध्यक्ष कमल थापा “नइ किर्तिनिधी पुरस्कार” बाट पुरस्कृत
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पूर्वप्रधानमन्त्री किर्तिनिधी विष्टका नाउँमा स्थापित एक लाख रुपैंयाँ राशिको “नइ किर्तिनिधी पुरस्कार” बाट आज पुरस्कृत भएका छन्। कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी ,घात/प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडी कति भिड छ भनेर कहिल्यै नहेरि निरन्तर सत्य र निष्ठाको बाटोमा अबिचलित भएर हिँडिरहेको बताएका छन्। आज नई प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट पुरस्कार ग्रहण गर्दै थापाले १०२ वर्षिय शताब्दी …
पुरा पढ्नुहॊस »सरकारले ‘पढदैः कमाउँदै’ कार्यक्रम संचालन गर्ने
सरकारले ‘पढदैः कमाउँदै’ भन्ने कार्यक्रम संचालन गर्ने तयारी गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि आफूले सो कार्यक्रम संचालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित ‘कोरोना महामारीमा शैक्षिक रुपान्तरण विषयक’ छलफल कार्यक्रममा बोल्दै उनले त्यसले मुलुकको शैक्षिक क्षेत्र र आर्थिक क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरे। अर्थमन्त्री शर्माले सरकारले उत्पादनमूलक अर्थतन्त्र निर्माणका लागि जोड दिइरहेको पनि दोहोर्याए। उनले हाम्रो विकासको मोडल सामूदायमा …
पुरा पढ्नुहॊस »लगानी बोर्ड बैठकः जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत
लगानी बोर्डले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसहित बसेको लगानी बोर्डको ४८ औँ बैठकले जुम खोला र अरुण तेस्रोको लगानी स्वीकृत गरेको हो। बोर्डको बैठकपछि निर्णय सुनाउँदै लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीले जुम खोलाको ५६ मेगावाट क्षमताको करिव १० अर्बको लगानी स्वीकृत गरेको र अरुण तेस्रो जलविद्युत आयोजनाको ६२ अर्बको पूँजी वृद्धि स्वीकृत गरेको बताए। उनले माथिल्लो कर्णाली जलविद्युतको एप्से इन्सटेक्सनको सम्बन्धमा …
पुरा पढ्नुहॊस »