इच्छाराज तामाङसहित १२ जनालाई ५ दिन थुनामा राख्न अनुमति

बैंकिङ कारोबारमा आफ्ना निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पक्राउ परेका सिभिल बैंकका पूर्व अध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई अनुसन्धानका लागि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ।

एमालेबाट संविधानसभा सदस्यसमेत रहिसकेका सिभिल ग्रुपका अध्यक्ष तामाङसहित १२ जनालाई प्रहरीले सोमबार पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका पूर्व अध्यक्ष, पूर्व संसद् एवं सिभिल बैंकको अध्यक्ष इच्छाराज तामाङ, सिभिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभका सञ्चालक समितिका अध्यक्ष केशवलाल श्रेष्ठ, सहजकर्ता प्रबन्धक भगवानबहादुर सिंह, जुनियर असिस्टेन्ट मेनेजरहरु मायोनानी महर्जन रएलिना तुलाधर, जुनियर अधिकृत शंकरप्रसाद पाठक, असिस्टेन्ट संगीत श्रेष्ठ, लेखा अधिकृत राकेश महर्जन, जुनियर सहायक प्रबन्धक बुद्धराज तामाङ, जुनियर सहायक प्रबन्धक कौस्तुभकेतन ढुंगाना, सिभिल होम्सका वरिष्ठ प्रबन्धक विजयविक्रम शाह, पूर्व लेखा समिति सदस्य हरिहर लामिछाने रहेका छन्।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस