प्रदिप नेपाल

नेवार समुदायले ‘कुछी भ्वय’ खाएर महाअष्टमी मनाउँदै

बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन्। नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ। कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, …

पुरा पढ्नुहॊस »

दसैंको टीकाको शुभ साइत शुक्रबार बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको बडादसैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रबार बिहान १० बजेर २ मिनेटमा परेको जनाएको छ। समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ। विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापनाका दिनदेखि पूजा आराधना गरिएकी देवीलाई विसर्जन गर्ने साइत छ।

पुरा पढ्नुहॊस »

पहाडी भेगमा हल्का वर्षाको सम्भावना

आज पहाडी क्षेत्रका केही भागबाहेक देशभर मौसम सफा रहेको छ। हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली भई हल्का वर्षाको सम्भावना रहेको छ। अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको प्रक्षेपण छ। त्यसैगरी राति देशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। हाल देशलाई प्रत्यक्ष प्रभाव पार्ने …

पुरा पढ्नुहॊस »

सिमकोटमा महिना दिनदेखि विद्युत् अवरुद्ध, सोलार ब्याट्रीको खपत बढ्यो

सिमकोट। हुम्लाको जिल्ला सदरमकाम सिमकोटमा यतिखेर विद्युत् आपूर्ति नभएपछि सोलार ब्याट्रीको खपत बढी भएको छ। जिल्लामा करिब एक महिनादेखि हेल्दुङ विद्युत् वितरण केन्द्रबाट प्रसारित विद्युत्ले बेलाबेलामा धोका दिएपछि हाल सदरमुकाम सिमकोटमा सोलार तथा ब्याट्रीको बिक्री बढेको व्यवसायीले बताउने गरेका छन्। सिमकोट गाउँपालिका र खार्पुनाथ गाउँपालिकाका अधिकांश नागरिक लामो समयदेखि उज्यालोबाट वञ्चित हुनु परेपछि यतिखेर दैनिक दिन सोलार तथा ब्याट्रीको जोहो गर्न थालेका छन्। विद्युत् आपूर्ति बन्द भएपछि सिमकोट–१ देखि ७ …

पुरा पढ्नुहॊस »

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजद्वारा दसैँकाे शुभकामना आदान प्रदान कार्यक्रम

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) नेपालीहरुको महान पर्व दसैँको अवसरमा पनि सक्रिय रहेको छ। विश्वभरि छरिएर रहेका नेपालीहरुलाई दसैँको नियास्रो नलागोस् र सिर्जनात्मक कार्यक्रम निरन्तर चलिरहोस् भन्ने अपेक्षाका साथ चाडबाडका बेला पनि उक्त संस्था सक्रिय रहेको जनाइएको छ। यही सक्रियताको पछिल्लो उदाहरण बनेको छ, दसैँको शुभकामना आदान प्रदान र रचना वाचन कार्यक्रम। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा आबद्ध विभिन्न च्याप्टरहरुका दर्जनौँ स्रष्टाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा दसैँको शुभकामना …

पुरा पढ्नुहॊस »

सडक दुर्घटनामा घाइतेकाे उपचार सरकारले गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएका सडक दुर्घटनाको समाचारले आफू स्तब्ध भएको बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री देउवाले सो समाचारले आफू स्तब्ध भएको भन्दै दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा परेका परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले ती दुर्घटनामा मृत्यु भएकाहरुका परिवारलाई उचित राहत र घाइतेहरुको उद्वार एवं निःशुल्क उपचारको व्यवस्था सरकारले गर्ने पनि बताए। साथै प्रधानमन्त्री देउवाले सडक दुर्घटना न्यूनीकरणका लागि सार्वजनिक–निजी सवारी साधनको नियमित …

पुरा पढ्नुहॊस »

दसैं अन्तर्गत आज महाअष्टमी, दुर्गा भवानीको विशेष पूजा आराधना गरी मनाइँदै

आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्यरूपमा मनाउँदैछन्। बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ। आजको दिन शास्त्रसम्मतरूपमा दसैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई दुर्गा भवानीको विशेष पूजा गरिन्छ। दुर्गा सप्तशती, श्रीमद्देवीभागवत र देवी स्तोत्र पाठ गरिन्छ। विवेकशील र अविवेकशील …

पुरा पढ्नुहॊस »

मुगु बस दुर्घटना: मृत्यु हुनेकाे संख्या ३२ पुग्याे, चालक पनि रहेनन्

मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ। प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन्। नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो। प्रदेश प्रहरी कार्यालयका …

पुरा पढ्नुहॊस »

यी हुन् दसैंका बेला सर्वाधिक बज्ने सदाबहार गीतहरू

नेपालीहरूको महान चाड विजयादशमीलाई लक्षित गरेर धेरै गीत तयार भएका छन्। हरेक वर्ष दसैं अगाडि लक्षित गीतहरू सार्वजनिक हुने गरेका छन्। दसैंका धेरैजसो गीतले परदेशमा रहेका र मुग्लान भासिएकाहरूको भावनाको प्रतिनिधित्व गर्छन् । यद्यपि त्यस्ता सबै गीत स्थापित हुन भने सकेका छैनन् । बर्सेनि दसैंलाई नै लक्षित गरी अनेकौं गीत तयार भए पनि पुराना गीतहरूको दबदबा कायमै छ। कालजयी र मर्मस्पर्शी लाग्ने ती गीत वर्षौंदेखि बजिरहेका छन् । दसैंका अधिकांश गीतमा जन्म गाउँ …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट: ९१० जना निको भए, ७९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९१० जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै, ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६० नमुनाको पीसीआर टेष्ट गर्दा ६९१ जना र २ हजार ५५९ जनाको एन्टीजेन टेष्ट गर्दा १०१ जनामा संक्रमण देखिएको हो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको जनाएको …

पुरा पढ्नुहॊस »