कोरोना अपडेट: ९१० जना निको भए, ७९२ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा ९१० जना कोरोना संक्रमणमुक्त भएका छन्। त्यस्तै, ७९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ७ हजार ६० नमुनाको पीसीआर टेष्ट गर्दा ६९१ जना र २ हजार ५५९ जनाको एन्टीजेन टेष्ट गर्दा १०१ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको जनाएको छ।

हाल सक्रिय संक्रमितको संख्या १४ हजार ५५४ रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

फोहोर गरेको भन्दै महानगरले एमालेलाई गर्‍यो १ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्तारूढ नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । दरबारमार्गमा आयोजित जागरण सभाका क्रममा सार्वजनिक सडक र फुटपाथमा फोहोर गरेको आरोपमा कारबाही गरिएको हो । महानगरपालिकाले शुक्रबार पठाएको पत्रमा, २०६८ सालको फोहोर मैला व्यवस्थापन ऐन र काठमाडौं महानगरपालिकाको २०८१ सालको आर्थिक ऐनलाई आधार मान्दै, एक लाख रुपैयाँ जरिवाना लगाइएको उल्लेख छ ।

प्रतिकृया दिनुहॊस