प्रदिप नेपाल

मोतिपुर घटना मृतकका परिवारलाई प्रदेश सरकारले एक एकलाख राहत दिने

लुम्बिनी प्रदेश सरकारले आइतबार बुटवलको मोतिपुरमा भएको घटनामा परि मृत्यु भएका परिवारलाई एक एक लाख रुपियाँ राहत प्रदान गर्ने भएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीले बुटवलको मोतिपुरका वास्तविक सुकम्बासीको समस्या समाधान गर्न सुझाव कार्यदल गठन गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशनसमेत दिएका छन्। सोमबार बसेको प्रदेश सुरक्षा समितिको बैठकमा मुख्यमन्त्री केसीले घटनाका मृतकका परिवारलाई प्रतिव्यक्ति एक, एक लाख राहत प्रदान गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मालाई जिम्मेवारी प्रदान गरेका छन्। …

पुरा पढ्नुहॊस »

सैनिकमञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ हुँदै

नेपाली सेनाले परम्परागतरूपमा फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा मङ्गलबार फूलपाती बढाइँ गर्दैछ। राष्ट्रपति विद्यादेवी भण्डारी मङ्गलबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक हुने कार्यक्रम छ। राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। सो अवसरमा सेनाले राइफल र तोपबाट लहरे एवं एकठ्ठा बढाइँ प्रस्तुत गर्नेछ। सैनिक हेलिकप्टरले पुष्पवृष्टिका साथै सैनिक ब्याण्डबाट राष्ट्रिय धुन प्रस्तुत हुनेछ। त्यसअवसरमा इज्जत अर्पण कवाज, विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ हुनेछ। कोभिड–१९ को सङ्क्रमण जोखिमका …

पुरा पढ्नुहॊस »

नवरात्रको सातौं दिन आज फूलपाती, कालरात्रिको पूजा गरि मनाइँदै

नवरात्रको सातौं दिन फूलपाती आज कालरात्रिको पूजा गरि मनाइँदैछ। घटस्थापनासँगै नवदूर्गाका ९ वटा रूपहरूको पूजा गर्ने परम्परा छ। हिन्दू धर्मालम्बीहरूले वैदिक विधिमार्फत् यस दिन कालरात्रिको पूजा आराधना गर्छन्। घटस्थापनाका दिनदेखि शुरू भएको नवरात्रको सातौं दिनको पूजा विधि पनि घटस्थापनाको जस्तै हो। घटस्थापनाको दिन राखेको जमरालाई झिसमिसे बिहानीमै आत्मशुद्धि पश्चात् नदी, खोलाबाट ल्याएको पवित्र जलले जमरामा सिंचित गरिन्छ। सातौं दिन कालरात्रिको पूजा आराधना अनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली, …

पुरा पढ्नुहॊस »

नेपाल एअरलाइन्सका कर्मचारीले गरे १०४ दिनदेखिकाे आन्दोलन स्थगित

नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन्। आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन्। मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास …

पुरा पढ्नुहॊस »

घान्द्रुकमा जीप दुर्घटना, जीप चालकसहित आठ जनाको मृत्यु

पोखराबाट अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाँदै गरेको जीप आज दिउँसो दुर्घटना हुँदा चालकसहित आठ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा एक जनालाई सकुशल उद्धार गरिएको र अवस्था सामान्य रहेको प्रदेश प्रहरी कार्यालय गण्डकीले जनाएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा जीप चालक कास्कीको अन्नपूर्ण गाउँपालिका–५ नयाँपुल बस्ने ४२ वर्षीय खुशीमान क्षेत्री छन्। अन्य मृतकमा जीपमा सवार काठमाडौँ महानगरपालिका–३ गोङ्गबु बस्ने १८ वर्षीय जिनलव घिसिङ, सोही ठाउँका २४ वर्षीया सुजा चौधरी, २० वर्षीया …

पुरा पढ्नुहॊस »

जसपाका कार्यकर्ताद्वारा पार्टी कार्यालय घेराउ, अध्यक्ष यादवकाे राजीनामा माग

जसपाका कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गरेका छन्। सोमबार बालकुमारीस्थित जसपाको पार्टी केन्द्रिय कार्यालयमा कार्यकर्ताहरुले पर्सा जिल्लाबाट कसैलाई मन्त्री नबनाएको भन्दै प्रदर्शन गरेका हुन्। उनीहरुले जसपाबाट ४ जना मन्त्री बन्दा पर्साका सांसद प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै पार्टी अध्यक्ष उपेन्द्र यादवको राजीनामासमेत माग गरेका छन्। प्रदर्शनमा समाजवादी विद्यार्थी यूनियन पर्सा जिल्ला अध्यक्ष राजबाबु राकीले पार्टी अध्यक्ष उपेन्द्र यादवले पर्सावासीलाई धोका दिएको बताए। उनले पर्सावासीलाई न्याय नगरे देशभर प्रदर्शन गर्ने चेतावनीसमेत दिए। …

पुरा पढ्नुहॊस »

एमालेकाे विराेधका बीच प्रतिनिधिसभाबाट ‘रेल्वे विधेयक-२०७६’ फिर्ता

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमबार पनि प्रतिनिधिसभाको बैठकमा बिरोधकाबीच ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको छ । सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बिरोधकाबीच सरकारले ‘रेल्वे विधेयक २०७६’ फिर्ता भएको हो। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालको संविधानको धारा २९४ बमोजिम मधेशी आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/०७८ को पेश गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक आगामी कार्तिक ९ …

पुरा पढ्नुहॊस »

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीलाई

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्ने गरी तोकेकी छिन्। मौजूदा मन्त्रिपरिषद्का उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएकाले प्रधानमन्त्रीको सिफारिसमा उक्त मन्त्रालयको जिम्मेवारी तोकिएको राष्ट्रपति कार्यालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।

पुरा पढ्नुहॊस »

आज नेप्से २३.१९ अंकले घट्याे

शेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। २३.१९ अंकले घटेको हो। यससँगै नेप्से २६ सय ३९ दशमलब ३८ विन्दुमा आइपुगेको छ। आज इन्भेष्टमेन्ट र म्यूचुअल फण्डबाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएकाे छ। ग्लोबल आइएमई समुन्नत स्कीम करिब १० प्रतिशत बढ्यो भने सानिमा लाइफ इन्स्योरेन्सको भाउ पनि ७.८८ प्रतिशतले बढेकाे छ। आज २१९ कम्पनीको ९३ लाख १४ हजार कित्ता सेयर ३ अर्ब ६३ करोड रुपैयाँ बराबरमा …

पुरा पढ्नुहॊस »

कोरोना अपडेटः आज ७८५ संक्रमित थपिए, ८८८ जना निको भए

नेपालमा आज ७८५ जना कोरोना संक्रमित थपिएका छन्। यस्तै, एन्टीजेन परीक्षणबाट १२२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८८८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ८ लाख २ हजार ८६१ जना पुगेको छ। एन्टीजेन परीक्षणबाट ९३ हजार ११६ पुगेको …

पुरा पढ्नुहॊस »