प्रदिप नेपाल

प्रधानन्यायाधीश र गठबन्धनका नेताले स्पष्टिकरण दिनुपर्छः प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीशले पनि जनतालाई स्पष्टीकरण दिनुपर्ने बताएका छन्। उद्योग वाणिज्य मन्त्री गजेन्द्र हमालले पदबाट राजीनामा दिए पनि जनतालाई यर्थाथ कुरा बताउनुपर्ने सिंहको जोड थियो। उनले सरकार, सत्तारुढ दलभित्रका गठबन्धनका नेता र स्वयम् प्रधानन्यायाधीशले पनि हमालको विषयमा स्पष्टिकरण दिनुपर्ने बताए। बुटबल पुगेर एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शेरबहादुर देउवाले गरेको गल्तिको स्पष्टीकरण नेकपा माओवादी अध्यक्ष प्रचण्डले दिनुपरेको बताए। “गल्ति सरकार विस्तारमा भयो अनि जवाफ चाहिँ …

पुरा पढ्नुहॊस »

मुगुमा बस दुर्घटनाः २२ जनाको मृत्यु, १८ घाइते

मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिकामा बस दुर्घटना भएकाे छ। नेपालगन्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका प्रहरीले जनाएकाे छ। साे नगरपालिकाको वडा नं ७ स्थित पिना झ्यारीखोलामा बस दुर्घटना भएकाे हाे। हाल प्रहरी टोली र स्थानीयवासी उद्धारका लागि घटनास्थलमा पुगेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।

पुरा पढ्नुहॊस »

दशैंका लागि गाउँ जाने बढ्दै, आजसम्म करिब ७ लाखले काठमाडौं उपत्यका छोडे

केही दिन यता नेपालीहरुको महान् पर्व विजया दशमी तथा शुभ दीपावली मनाउन काठमाडौंबाट गाउँ फर्किनेहरुको लर्को लागेको छ। केही दिनदेखि दशैँ मनाउन गाउँ जानेहरुको लर्को लागेसँगै काठमाडौं सुनसान बन्न थालेको छ। आज फूलपातीका दिन काठमाडौंको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बसपार्क लगायतका स्थानहरुमा मानिसहरुको लर्को लागेको थियो। बिस्तारै–बिस्तारै काठमाडौं शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरुको चापसँगै गाउँ फर्किने यात्रुहरुको लर्को देख्न सकिन्छ। नवरात्र शुरु भएसँगै रोजगारी र अध्ययनको …

पुरा पढ्नुहॊस »

दसैँ घरमा दिउँसो चार बजे फूलपाती भित्र्याइने

हनुमानढोका दरबारको दसैँ घरमा आज दिउँसो चार बजे गोरखाबाट ल्याइने फूलपाती भित्र्याउने तयारी गरिएको कार्यालयले जनाएको छ। गोरखाबाट ३ः३० बजे जमलस्थित फूलपाती विश्रामस्थलमा आइपुग्नेछ। फूलपाती लिन हनुमानढोका दरबारबाट डोलीसहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, स्थानीय क्लब एवं स्थानीयवासीसहितको टोली जमल जाने तयारी भएको छ। दिउँसो साँढे चार बजेसम्म हनुमानढोकाको दसैँ घरमा फूलपाती भित्र्याउने तयारी छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालालगायत उच्च पदस्थ कर्मचारीको …

पुरा पढ्नुहॊस »

यस वर्ष महानवमीमा तलेजु भवानी मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने

कोरोनाको जोखिम कम हुँदै गएकाले यस वर्ष महानवमीका अवसरमा हनुमानढोका दरबार क्षेत्रभित्र रहेको तलेजु भवानीको मन्दिर खुला गरिने भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र भक्तजनका लागि खुला गरिने तलेजु भवानी मन्दिर गत वर्ष कोरोना जोखिम बढी भएकाले बन्द गरिएको थियो। यस वर्ष धेरैले खोप लगाइसकेको र जोखिम पनि कम भएकाले खुला गर्ने तयारी भएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिए। प्रत्येक वर्ष …

पुरा पढ्नुहॊस »

विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा ‘पिउने बानी भो’ सार्वजनिक (भिडियाेसहित)

मिठो भाकाको सेन्टीमेन्टल गीत म्युजिक भिडियोसहित सार्वजनिक गरिएको छ। निर्देशक तथा कलाकार विनोद केसीको शब्द रचना, निर्देशन र कथा तथा विदुर गिरीको क्रियटिभ डाईरेक्शनमा तयार भएको पीउने बानी भो बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको हो। गीतमा लक्की सिटौलाको स्वर तथा संगीत रहेको छ। प्रेममा धोका पाएको एक प्रेमीले त्यसपछि बसेको पिउने बानीका कारण भोगेको विभिन्न घटनाको कथा समेटिएको उक्त गीतको म्युजिक भिडियोमा महेन्द्र गौतम, दिनेश दुलाल, दिपासा बिसी र …

पुरा पढ्नुहॊस »

डडेल्धुरामा ६० यात्रु बाेकेकाे बस दुर्घटना, १६ जना घाइते

धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नंको बस केआईसिंह राजमार्गअन्तर्गत अमरगढी नगरपालिका–१० राईबजार राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइते हुनेमा छ महिला, दुई बालबालिका र आठ पुरुष रहेका छन्। बस ब्रेक फेल भएर मंगलबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। बसमा ५०/६० यात्रु रहेका र सामान्य घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए।

पुरा पढ्नुहॊस »

सार्वजनिक जग्गा अतिक्रमण गरे कारबाही गरिने गृह मन्त्रालयद्वारा स्पष्ट

सरकारले कानूनी विधि र प्रक्रियाभन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्न प्रयास गर्ने जो कोहीलाई कानूनबमोजिम कारबाही हुने स्पष्ट पारेको छ। गृह मन्त्रालयले साेमबार एक विज्ञप्तिमार्फत कसैको बहकाउमा परी त्यस्ता गैरकानूनी कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको हाे। मन्त्रालयका सहायक प्रवक्ता दिलकुमार तामाङले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधान र कानूनमा रहेको व्यवस्थाअनुसार सरकारले गत भदौ २९ गते नै राष्ट्रिय भूमि आयोग गठन गरी कामकाजसमेत सुरु भइसकेको छ। यसअघि गठन …

पुरा पढ्नुहॊस »

दसैँ, तिहार र छठ विदामा मानव अधिकार आयोग खुल्ला रहने

राष्ट्रिय मानव अधिकार आयोगको केन्द्रीय, प्रदेश र प्रदेशका शाखा कार्यालयहरु दसैँ, तिहार र छठ बिदाका दिनमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने भएको छ। आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार आम नागरिकको मानव अधिकार संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झैँ यस वर्ष पनि उक्त बिदामा आयोग खुल्ला रहेछ। यस अवधिमा आयोगले मावन अधिकार उल्लङ्घन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाको आवश्यक अनुगमनसमेत …

पुरा पढ्नुहॊस »

यस्ताे छ फूलपाती भित्र्याउने परम्परा, आज हनुमानढोकामा फूलपाती भित्र्याइँदै

प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ। घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ। नवपत्रिकाको नामले चिनिने फूलपाती नववटी देवीको प्रतीकका रूपमा भित्र्याई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा …

पुरा पढ्नुहॊस »