प्रदिप नेपाल

व्यापारी भन्छन्, ‘काठमाडौं ल्याइएका खसीबोका बिक्री नै भएनन्’

काठमाडौं उपत्यकामा खसीबोका बिक्री वितरण सुस्ताएको व्यापारीहरुले गुनासो गरेका छन्। कोरोनाको कारण व्यापार व्यवसाय कम भएको गुनासो गरेका हुन्। कोरोना महामारीले गर्दा कतिपयले रोजगारी नै गुमाएको अवस्था रहेको र कतिपय मानिसहरु गाउँमा दशैँ मनाउन गएकाले काठमाडौंमा खसीबोका व्यापार कम भएको बताएका छन्। खसीबोकाको व्यापारमा काठमाडौंका स्थानीय व्यापारीहरुको राम्रो व्यापार भएपनि बाहिरबाट खसीबोका लिएर आउने व्यापारीहरुले परलमोल नै उठाउन नसकेको गुनासो गरेका छन्। काभ्रेबाट खसीबोका बिक्री गर्न भन्दै बबरमहलमा आएका जनक …

पुरा पढ्नुहॊस »

साफ च्याम्पियनशिप फुटबलमा नेपाल पहिलो पटक फाइनल प्रवेश

नेपाल साफ च्याम्पियनशिप फुटबलको फाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा बङ्गलादेशसँग एक–एक गोलको बराबरी खेल्दै नेपाल पहिलो पटक फाइनल पुगेको हो। खेलको नवौँ मिनेटमा बङ्गलादेशका लागि सुमन रेजाले हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि निरन्तर दबाबमा रहेको नेपालका लागि अञ्जन विष्टले खेलको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे। यससँगै खेल बराबरीमा पुग्यो र नेपालले फाइनलसम्मको यात्रा तय गरेको हो ।

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा उपत्यकाका शक्तिपीठको दर्शन र पूजा अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारी बडादशैँ २०७८ को महाष्टमीका अवसरमा आज काठमाडौँस्थित विभिन्न शक्तिपीठमा दर्शन तथा पूजा अर्चना गरेकी छिन्। यस क्रममा राष्ट्रपति भण्डारीले मन्दिरमा उपस्थित पूजारी र सर्वसाधारणलाई दशैँको शुभकामना दिनाका साथै उनीहरुका सुझाव ग्रहण गरिन्। महाअष्टमी पर्व विशेषरूपमा शक्तिस्वरुपा भगवतीको प्रार्थना गर्ने दिनका रूपमा लिइन्छ। राष्ट्रपति भण्डारीले अपरान्ह ४ः३० बजे नक्सालस्थित नक्साल भगवती मन्दिरमा पुगेर काठमाडौँस्थिति देवी मन्दिरको दर्शनारम्भ गरेकी थिइन्। सो अवसरमा मन्दिरमा उपस्थित पूजारी, उनीहरुका परिवार र सर्वसाधारणलाई …

पुरा पढ्नुहॊस »

नेपालमा थप ३ सय ६५ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ सय ६५ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । ५ हजार ५९४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३२६ तथा एन्टिजेन विधिबाट ३९ जनामा संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल १४ हजार २६७ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार १७२ जना होमआइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३१५ जना आईसीयू र १०७ जना भेन्टिलेटरमा छन् । पछिल्लो २४ …

पुरा पढ्नुहॊस »

राष्ट्रपतिद्वारा काभ्रेकाे पलाञ्चोक भगवतीको दर्शन र पूजा अर्चना

राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैँको महाअष्टमीको दिन आज विहान काभ्रेको पलाञ्चोक भगवती मन्दिरमा पूजाअर्चना गरेकी छिन्। पाँचखाल नगरपालिका–९ पलाञ्चोकस्थित भगवती मन्दिरमा उनले आज विहान करिब दश मिनेट पूजाअर्चना गरेकी हुन्। उनी बिहान १०ः३० बजे मन्दिर पुगेकी थिइन्। उनी राष्ट्रपति भएपछि यस मन्दिरमा गरेको पूजाअर्चना यो तेस्रो पटक हो। राष्ट्रप्रमुखले बडादशैँको अवसरमा पलाञ्चोक भगवतीको दर्शन गर्ने परम्परा चलिआएको छ। राष्ट्रपति भण्डारीलाई जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसी, पनौती नगरप्रमुख भीम न्यौपाने, धुलिखेल …

पुरा पढ्नुहॊस »

आठ वर्षदेखि त्रिपालमै दसैं मनाउँदै बाढीपीडितहरू

कर्णाली । सबैतिर दसैँको उल्लास छाउँदैछ। गाउँघर बाहिर रहेका दसैँ मनाउन धमाधम फर्कंदैछन्। आवश्यक सरसामान किनमेल र घरआँगन लिपपोतले दसैँको रौनक झनै बढाइदिएको छ तर, सुर्खेत उपत्यका नजिकको गिरिघाट बस्ती भने सुनसानजस्तै छ। यहाँ २०७१ साउन २८ र २९ गते भेरी नदीमा आएको भीषण बाढीले विस्थापित बनेका १०० भन्दा बढी परिवारको बसोबास छ। बाढीले बराहतालको तरङ्गा गाउँलाई नदी किनारमा परिणत गरेपछि त्यहाँका बासिन्दा आठ वर्षदेखि गिरिघाटस्थित शिविरमा त्रिपालमुनि बस्दै आएका …

पुरा पढ्नुहॊस »

आफ्नै भाइद्वारा दाइको घाँटी रेटी हत्या

रोल्पामा भाइले दाइको घाँटी रेटी हत्या गरेका छन्। रोल्पा नगरपालिका–६ दार्बिट निवासी ४८ वर्षीय अमराज बुढाले आफ्नै दाइ ५६ वर्षीय पूर्णबहादुरको घाँटी रेटी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले बताए। “हत्या भएको ठाउँलाई सुरक्षित राखेका थियौँ, नेपालगञ्जबाट तालिम प्राप्त कुकुरले आफ्नो सही ट्र्याक नछोडी सर्कल बनाएर हत्या गर्ने व्यक्तिको घरभित्र छिरेर पत्ता लगायो”, सुवेदीले भने। उनका अनुसार अमराज आफैँले पनि हत्या गरेको स्वीकारी …

पुरा पढ्नुहॊस »

मुगु बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख र मुख्यमन्त्रीद्वारा दुःख व्यक्त

मुगुमा मङ्गलबार भएको बस दुर्घटनाप्रति कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दुःख व्यक्त गरेका छन्। छुट्टाछुट्टै समवेदना सन्देश जारी गर्दै उनीहरुले मृतकका परिवारप्रति सहानुभूतिका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन्। मुख्यमन्त्री शाहीले दुर्घटनाको सूचना पाउन बित्तिकै उद्धार तथा प्रारम्भिक उपचारमा खटिने सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्थानीय जनप्रतिनिधिलगायतलाई धन्यवाद दिएका छन्। त्यस्तै, चाडपर्वका बेला सवारीसाधनमा हुने भीडभाड कम गर्न, सवारी साधनको यान्त्रिक अवस्था दुरुस्त राख्न तथा ट्राफिक …

पुरा पढ्नुहॊस »

यस्ताे छ घरैमा सुकुटी बनाउने तरिका

दसैंमा मासुका विभिन्न परिकारहरू बनाइन्छ। जस मध्ये एक हाे सुकुटी । बफ/चिकेन सुकुटी हरेक उमेर समूहका मानिसले मन पराउँछन्। दसैंमा सुकुटीसँग चिउरा खाने जमात धेरै भेटिन्छन्। सबैको भान्सामा पाक्ने सुकुटी कसरी बनाउने यसको बारेमा यहाँ चर्चा गरिन्छ। आवश्यक सामग्री बफ तथा चिकेनको मासु आवश्यकताअनुसार तेल पाँच फुरन खुर्सानी, प्याज, टमाटर, हरियो धनियाँ बेसार, नुन, गरम मसला, मिट मसला, धुलो खुर्सानी लसुन अदुवाको पेस्ट । मासुलाई बेसारले मोलेर लामो आकारमा काट्ने …

पुरा पढ्नुहॊस »

बागलुङकाे कालिका मन्दिरमा भक्तजनको घुइँचो

दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरमा भक्तजननको घुइँचो लागेको छ। बागलुङको कालिका मन्दिर परिसरको पार्किङस्थलमा सवारी राख्ने ठाउँ छैन भने पूजा सामग्री खरिद गर्ने पसलमा भीडभाड छ। कोरोनाका कारण चैतेदसैँपछि बल्ल खुलेको कालिका मन्दिरमा काठमाडौँ, चितवन, भैरहवा, पोखरालगायतका स्थानबाट कालिका मन्दिर दर्शका लागि आएका हुन्। कालिका मन्दिरमा दसैंको सप्तमीअर्थात् फूलपातीको दिनदेखि दर्शनार्थीको भीड लाग्न थालेको छ। लामो समयपछि खुलेको कालिका मन्दिरमा दर्शन गर्नेको सङ्ख्या अधिक …

पुरा पढ्नुहॊस »