दराजको नयाँ लोगो सार्वजनिक, नयाँ प्रबन्ध निर्देशकमा आँचल कुँवर नियुक्त

अग्रणी ई–कमर्स प्लेटफर्म दराजले आफ्नो नयाँ ब्रान्ड लोगो सार्वजनिक गरेको छ। दराज समूहका संस्थापक र सीईओ बियार्के मिक्केलसनले नयाँ ब्रान्ड लाेगाेको सुरुवातले व्यवसायको लागि एक रोमाञ्चक पाइला सुरु भएको बताए।

उनले विगत सात वर्षमा दराजले धेरै विकास गरेको र यात्राको अर्को अध्यायमा अघि बढ्दै जाँदा ग्राहकको अनुभवलाई उल्लेखनीय रूपमा वृद्धि गर्न व्यवसायको रूपमा गियरहरू परिवर्तन गरिएकाे बताए ।

यसका साथै दराज नेपालले आँचल कुँवरलाई नयाँ प्रबन्ध निर्देशक (एमडी) नियुक्त गरेको छ। वर्तमान एमडी लिनो अहलेरिङ यस महिनाको अन्त्यमा सिंगापुरको दराज मुख्यालयमा क्षेत्रीय भूमिकामा सर्ने बित्तिकै आँचलले पदभार ग्रहण गर्ने बताइएकाे छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस