सत्तारूढ गठबन्धनकाे बैठकमा वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सहमति

सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति जुटेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमतिमा पुगेकाे हाे। मिति तय गर्ने लगायतका विषयमा भने आगामी बैठकमा छलफल हुने बताइएकाे छ।

मंगलबारकाे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, समितिका संयोजक रामचन्द्र पौडेल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेललगायत नेताहरू उपस्थित थिए।

बैठकमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण र राष्ट्रिय सभाको निर्वाचनका विषयमा पनि छलफल भएकाे थियाे।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री