विद्यार्थीको सिकाइलाई सहज बनाउन ‘मिदास इक्लास’ नयाँ रूपमा

बिसौँ वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लि ले एक पृथक र परिमार्जितरूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप संचालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई सहज बनाउनुका साथै शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी तुल्याउने विश्वास कम्पनीले लिएको छ ।

नर्सरी देखि ११ कक्षासम्मका विद्यार्थीहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्न ‘मिदास इक्लास’ पाठ्यक्रममा आधारित पाठहरूको एनिमेटेड भिडियो, पावर पोइन्ट प्रिजिन्टेसन, क्वीज तथा गेम र नोट परिमार्जितरूपमा उपलब्ध गराइएको छ।

विद्यार्थीहरुले मिदास इक्लासमा भएका भिडियोहरु आफूलाई मन लागेको बेला मुभि हेरे जस्तै रमाइरमाइ हेर्दै गाह्रोभन्दा गाह्रा पाठहरु सजिलोसँग बुझ्न सक्छन् ।

यसमा भएका क्वीज तथा गेमहरू विद्यार्थीहरुले भिडियो गेम खेले जसरी खेल्दै आफ्नो पाठ सिक्न सक्छन् । यसरी गेम खेल्दा सहि जवाफ दिए बापत पोइन्ट र उपहारहरू पनि पाउँछन्, जसले विद्यार्थीहरुहरूलाई स्वाध्यान गर्न र बुझेर पढ्न प्रेरित गर्छ ।

विद्यार्थीहरुले पढ्दा केही जानेनन् भने वा होमेवोर्क गर्दा उत्तर लेख्न आएन भने वा उनीहरूको केही जिज्ञासा भएमा, उनिहरुले जतिबेला पनि मिडस् एक्लस्स्बाट शिक्षकहरूसँग भिडियोमा कुरा वा च्याट गर्दै सिक्न पाउँछन् । विद्यार्थीहरुलाई सिकाउन देशभरका सयौँ दक्ष शिक्षकहरू हरेक दिन बिहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ९ बजेसम्म भिडियोमा उपलब्ध हुनेछन्। यसरी शिक्षकहरू हरेक पल साथमा हुँदा विद्यार्थीहरूलाई पढेको नबुझिएला, होमवर्क गर्न नजानिएला वा परीक्षाको तयारी कसरी गर्ने होला भन्ने डर हुँदैन ।

विद्यार्थीहरुलाई परीक्षा निर्धक्क भएर दिन सक्ने बनाउन ‘मिदास इक्लास’ मा स्वमूल्याङ्कन, मक इक्ज्याम र परीक्षा तयारी कक्षाहरूको ब्यवस्था गरिएको छ । विद्यार्थीहरुको प्रतिभा उजागर गर्न र उनीहरूलाई अतिरिक्त पाठ्यक्रम गतिविधिहरू गराउन ‘मिदास इक्लास’ मा आर्ट, भोकल, भोइलिन्, हारमुनियम, डान्स, ह्याण्डराइटिङ्ग, चेस क्लास आदि पनि संचालन् गरिन्छ ।

विद्यार्थीहरुमा आत्मविश्वास बढाउन र उनीहरूलाई प्रतिस्पर्धी बनाउन बिभिन्न बिद्याहरू जस्तै साइन्स, म्याथ्स, भाषा, आर्ट, ह्याण्डराइटिङ्ग, लिक्टेचर आदिमा नियमित रूपमा प्रतियोगिता गराइन्छ÷पुरस्कृत गरिन्छ ।

अहिले कोभिडको कारणले घरमा बसेका विद्यार्थीहरुलाई ‘मिदास इक्लास’ ले पाठ्यक्रममा आधारित् विषयहरू पढ्न र अतिरिक्त कृयाकलापहरू गर्न झनै सजिलो बनाएको छ।

मिदास एजुकेसन् प्रा.लिले ‘मिदास इक्लास’ का सेवाहरू विद्यार्थीले आफूलाई रजिस्टर गरेको पहिलो १५ दिनको लागि निःशुल्क उपलब्ध गराएको छ।

यो सेवा कसरी लिने ?
१) Google Play Store मा गएर MiDas eCLASS खोजेर डाउनलोड गर्ने वा यो Link मा गएर डाउनलोड गर्ने https://play.google.com/store/apps/details?id=com.midas.eclassnew

२) आफूले चहाएको कक्षा छानेर MiDas eCLASS मा Signup गर्ने । Signup गर्ने तरिका थाहा पाउन यो Link मा जाने https://youtu.be/qab6McMMTwg

३) MiDas eCLASS मा गएर आफूले चहाएको विषय आफैं वा शिक्षकसँग पढ्न पाउनुहुन्छ ।

४) MiDas eCLASS प्रयोग गर्न मद्दत आवश्यक भएमा सो एपमा भएको Support Icon मा थिचेर Zoom, WhatsApp, Viber, Phone वा Chat मार्फत् बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म सम्पर्क गर्न सक्नुहुन्छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव

काठमाडौं । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ। …

प्रतिकृया दिनुहॊस