प्रुडेन्सियल इन्स्योरेन्सद्वारा ७ प्रतिशत लाभांश प्रस्ताव

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को मुनाफाबाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले ७ प्रतिशत बोनस शेयर र ०.३६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बीमा समितिबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सूर्यज्योति लाइफको सुविधायुक्त ‘डाइनामिक क्यूआर’ सेवा सञ्चालनमा

काठमाडौँ । सूर्यज्योति लाइफले आफ्ना प्रविधिमैत्री सेवाहरूलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरूका लागि सुविधायुक्त भुक्तानीको माध्यमको …

प्रतिकृया दिनुहॊस