१ हजार ५७० संक्रमित थपिए, ६ हजार १४६ जना निकाे भए

पछिल्लो २४ घण्टामा १ हजार ५७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३६५ वटा नमुना परीक्षण गर्दा १ हजार ५७० जनामा कोरोना पोजेटिभ देखिएको हाे।

मन्त्रालयका अनुसार ७ हजार ८७४ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार २२ जनामा र ३ हजार ४९१ जनामा एन्टिजेन परीक्षण गर्दा ५४८ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ४० हजार १११ रहेको छ। पछिल्लो २४ घण्टामा ६ हजार १४६ जना डिस्चार्ज भएका छन् भने १३ जनाको मृत्यु भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री