राष्ट्र उत्थान लघुवित्तको आईपिओ फागुन ४ गतेदेखि खुल्ने

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्ने भएको छ। कम्पनीले फागुन ४ गते बुधबारदेखि आईपिओ विक्री खुला गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ दरका ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपिओ जारी गर्न लागेको हो ।

कम्पनीले विक्री खुल्ला गर्ने शेयरमध्ये १३ हजार कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र कुल ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी रहेको ७ लाख ९४ हजार ५०० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आईपिओमा आवेदन दिने समय छिटोमा फागुन ८ गते आइतबारसम्म रहेको छ भने ढिलोमा फागुन १८ गतेसम्म रहेको छ।

आईपिओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।

उक्त आईपिओमा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य अनुमति लिएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र मेरो शेयर मार्फत आवेदन दिन सकिन्छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री