प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ साहित्यकार तथा लेखक डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन्।
डा. शर्माको मंगलबार निधन भएको थियो। उनको निधनप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री देउवाले डा. शर्माप्रति श्रद्धाञ्जलीसहित शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
फेसबुकमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘वरिष्ठ साहित्यकार डा. तारानाथ शर्माको निधनको खबरले मलाई निकै दुःख लागेको छ। दिवंगत शर्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’
तपाईंको प्रतिकृया




