पछिल्लो २४ घण्टामा थप १२६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ९३३ जनाको परीक्षण गर्दा १२६ जनामा संक्रमण पुष्टि भएको हो। २४ घण्टामा ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ। सक्रिय संक्रमितको संख्या ७ हजार २८२ रहेको छ।
पुरा पढ्नुहॊस »लुटपाटमा संलग्न आठ जना पक्राउ
नेपाल प्रहरीले लुटपाटमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीको महानगरिय अपराध महाशाखाले फागुन १२ गते साँझ काठमाडौँ महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँखीलाई लुटपाट गर्ने आठ जनालाई आज पक्राउ गरेको हो। पक्राउ पर्नेमा जुम्लाका २६ वर्षीय देवीप्रसाद धिताल, धादिङका ३० वर्षीय शङ्कर रेग्मी, डडेल्धुराका २८ वर्षीय हिक्मत महता, कञ्चनपुरका २७ वर्षीय सुवास रतोकी, कञ्चनपुरकै ३४ वर्षीय मिलन बोहरा, पाँचथरका ३२ वर्षीय भविन्द्र बेगा, दैलेखका २७ वर्षीय योगेन्द्रबहादुर चन्द …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकको उपमहाप्रबन्धकमा सुवेदी नियुक्त
कृषि विकास बैंकले प्रताप सुवेदीलाई उपमहाप्रबन्धक पदमा नियुक्त गरेकाे छ। बैंककाे संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हाे। सुवेदी २१ वर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन्। उनी साँढे तीन वर्षदेखि बैंककाे कायममुकायम महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रवेश गर्नु अघि सुवेदीले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए।
पुरा पढ्नुहॊस »पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन नगर्न मानवअधिकार आयोगको आग्रह
राष्ट्रिय मानवअधिकार आयोगले पल शाह प्रकरणमा पक्ष र विपक्षमा प्रदर्शन गर्ने, अभिव्यक्ति दिने र प्रचारबाजी गर्ने काम नगर्न आग्रह गरेको छ। अनुसन्धान प्रक्रिया चलिरहेको बेला यस प्रकारका गतिविधिले आरोपित र पीडित दुवै पक्षको गोपनीयता र मर्यादामा आँच पुग्नुका साथै अनुसन्धान प्रक्रिया समेत प्रभावित हुनसक्ने आयोगले जनाएको छ। “गम्भीर प्रकृतिको अपराधको अनुसन्धान फौजदारी न्यायको सिद्धान्त अनुसार गोप्य, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा हुनुपर्दछ”, आयोगका सहायक प्रवक्ता लोकनाथ वास्तोलाद्वारा आज जारी विज्ञप्तिमा …
पुरा पढ्नुहॊस »संवैधानिक इजलासमा आजदेखि सुनुवाइ
करिब पाँच महिनाभन्दा बढी समय प्रभावित भएको संवैधानिक इजलास आजदेखि गठन भई सुनुवाइ सुरु भएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले संवैधानिक इजलास गठन गरि ६ थान मुद्दामा पेसीसमेत तोकेका छन् । इजलासमा कामु प्रधानन्यायाधीश कार्की, न्यायाधीश मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडा रहेका छन्। नेपालको संविधानको धारा १३७ मा संवैधानिक इजलासको गठन गर्ने व्यवस्था छ। उक्त इजलासमा न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीशले तोकेको अन्य चार जना न्यायाधीश रहने व्यवस्था …
पुरा पढ्नुहॊस »युक्रेनमा परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा
युक्रेनको परमाणु पावर प्लान्टमा लागेको आगो नियन्त्रणमा आएको छ। रुसी आक्रमणका कारण प्लान्टमा रहेको पाँच तले तालिम केन्द्र रहेको भवनमा आगो लागेको युक्रेनले जनाएको छ। आगलागीले प्लान्टमा कुनै नोक्सानी नगरेको बताइएको छ। युक्रेनको आपत्कालिन सेवाका अधिकारीलाई सुरुमा आगलागी भएको स्थानमा जान दिइएको थिएन। पछि उनीहरुलाई प्रवेश दिएपछि आगो नियन्त्रणमा आएको थियो। घटनामा कोही पनि हताहत नभएको युक्रेनको आपत्कालिन सेवाले जनाएको छ। आगलागी भएपछि युक्रेनका राष्ट्रपति वोलोदोमीर जेनन्स्कीले ट्वीटर मार्फत रुसले …
पुरा पढ्नुहॊस »नेपाल बैंकले माग्यो ३०३ जना कर्मचारी
सरकारी स्वामित्वको नेपाल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। लोकसेवा आयोगको सहमतिमा ३०३ स्थायी कर्मचारी पदपूर्तिका लागि बैंकले शुक्रबार दरखास्त आह्वान गरेको हाे। आयोगले ६२ जना सहायक प्रबन्धक मागेको छ भने सहायक पदमा १५० जनाका लागि जागिरको अवसर छ। त्यस्तै, कनिष्ठ सहायकमा ९१ जनाका लागि दरखास्त आह्वान भएको छ। बैंकले सहायक प्रबन्धकमा ५६, सहायक प्रबन्धक (सिए) मा २ र सहायक प्रबन्धक (आइटी)मा ४ जना मागेको हो । सहायक प्रबन्धकका …
पुरा पढ्नुहॊस »फेरि बढ्यो इन्धनकाे मूल्य, पेट्रोल प्रतिलिटर १५० रूपैंयाँ
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ। नेपाल आयल निगमले बिहीबार रातिदेखि लागू हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर ५-५ रूपैयाँका दरले मूल्य बढेको निगमले जनाएको छ। निगमका अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १५० रूपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर पाँच १३३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको निगमले जनाएको छ। निगमका अनुसार ५-५ रूपैयाँ मूल्य बढे …
पुरा पढ्नुहॊस »मतदाता नामावलीमा भएको त्रुटि सच्याउन निर्वाचन आयोगद्वारा समय प्रदान
मतदाता नामावलीमा भएको त्रुटि सच्याउनका लागि निर्वाचन आयोगले समय दिएको छ। आयोगले यसका लागि फागुन २६ गते सम्मको समय दिएको हो। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आयोगले फागुन २० गतेदेखि सम्बन्धित पालिकाको वडा कार्यालय, निर्वाचन कार्यालय र आयोगको वेबसाइटमा मतदाता नामावली सार्वजनिक गर्ने जनाएको छ। कसैले झुटा विवरण दिइ मतदाता नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश …
पुरा पढ्नुहॊस »कांग्रेस सभापति स्व. गिरिजाप्रसाद काेइरालाका पुराना ड्राइभर बिरु लामाको निधन
नेपाली कांग्रेसका अग्रज कार्यकर्ता बिरु लामाको निधन भएको छ। कांग्रेसको नेतृत्वमा २०३० जेठ २८ गते भएको विमान अपहरणपछि गिरिजाप्रसाद कोइरालाले विमानको रकम लिई फारविसगञ्जबाट दार्जीलिङतर्फ लैजादा उनी साे गाडीका चालक थिए। पूर्वमन्त्री जयप्रकाश गुप्ताका अनुसार, लामाको बुधबार काठमाडौं, सानेपास्थित निवासमा निधन भएको हो। उनी लामो समयदेखि बिरामी थिए। लामाकाे भाेलि अन्त्यष्टि गरिंदैछ। “अनवरत गिरिजाप्रसाद कोइरालासँग आवद्ध रहे- सबैले उनलाई गिरिजाबाबुका मोटर चालक भनी चिन्दथे” गुप्ताले सामाजिक संजाल फेसबुकमा लेखेका छन्, …
पुरा पढ्नुहॊस »