१६ लाख जापानी येनसहित विमानस्थलबाट एक जना पक्राउ

अवैधरूपमा लुकाई बाहिरी मुलुकतर्फ लैजान लागेको १५ लाख ९० हजार जापानी येनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा स्याङ्जा मिर्मी गाउँपालिका-६ पालीचौर स्थायी ठेगाना भएका ४८ वर्षीय रेस्म राज भट्टराई रहेका छन् ।

सिङ्गापुर एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट सिङ्गापुर हुँदै जापान जान लागेका भट्टराईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान बिभाग हरिहरभवन पुल्चोक पठाइएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप