परिस्थितिजन्य कारणले गठबन्धन बनेकाे हाेः कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘घरघर जाऔँ, नेपाली कांग्रेसलाई जिताऔँ’ अभियानपछि मात्रै चुनावी तालमेलका बारेमा पार्टीले निर्णय गर्ने बताएका छन् ।

काठमाडौँको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक महिने अभियानपछि मात्रै कांग्रेसले चुनावी तालमेलका बारेमा निर्णय गर्ने बताएका हुन् ।

चुनावी तालमेलका बारेमा अहिले कांग्रेसमा तीन थरी धारणा रहेको बताउँदै उनले भने, ‘आउने चुनावमा के गर्ने भनेर अहिले पार्टीभित्र तीन धारको कुरा आइरहेको छ। एकथरी एक्लै जानुपर्छ, अर्कोथरी गठबन्धनलाई निरन्तरता दिनुपर्छ। एउटाले जिल्लालाई जिम्मा दिएर आवश्यकताअनुसार गर्नुपर्छ भन्छ,’ उनले भने, ‘अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि वर्किङ कमिटीमा के गर्दा राम्रो हुन्छ त्यो निर्णय गर्छौँ।’

सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेर मात्रै नभएको जिकिर गर्दै सिंहले परिस्थितिजन्य कारणले यो गठबन्धन बनेको प्रष्ट्याएका छन् ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस