प्रदिप नेपाल

नेपालको वैदेशिक व्यापार घाटा ११ खर्ब ६० अर्ब नाघ्यो

चालु आर्थिक वर्ष २०७८/७९ को सुरुवाती आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख २२ हजार रुपैयाँ पुगेको छ। भन्सार विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष नेपालको कूल वैदेशिक व्यापार ४२.१३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ को पहिलो आठ महिनामा नेपालको कूल वैदेशिक व्यापार १० खर्ब २४ अर्ब ७६ करोड ७१ लाख १२ हजार रुपैयाँ रहेको थियो। चालु आर्थिक वर्षको पहिलो …

पुरा पढ्नुहॊस »

सवारी दुर्घटनामा २ जनाको मृत्यु

रूकुम (पश्चिम)को आठबिसकोट नगरपालिका–६ मनकाबगरमा नम्बर नखुलेको अनटेष्ट लेखिएको ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रकमा सवार सुर्खेत बराहाताल गाउँपालिका–३ बस्ने २६ वर्षीय निरज बिष्ट छन् । उनको घटनास्थलमै मृत्यु भएको थियो । आइतबार राति ट्रक सडकबाट अन्दाजी १ सय मिटर तल भेरी नदीमा खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकमा सवार २ जना घाइते भएका छन् भने बेपत्ता भएका १ जनाको प्रहरीले खोजी गरिरहेको छ। यस्तै, …

पुरा पढ्नुहॊस »

निर्वाचन आयोगका गतिविधिप्रति अध्यक्ष ओलीकाे तीव्र असन्तुष्टि

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचन सम्बन्धि निर्वाचन आयोगका गतिविधिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनसँग साँठगाँठ गरेर निर्वाचन आयोगले निर्वाचन चिन्हको रङसमेत हरियो बनाउने निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् । उनले कांग्रेसको निर्वाचन चिन्ह रुख हरियो हुने भएकाले आयोगले उनीहरुसँगै परामर्श गरेर निर्वाचन चिन्ह हरियो रङको बनाउने निर्णय गरेको भन्दै आक्रोशसमेत व्यक्त गरे । सोमबारबाट काठमाडौंमा सुरु भएको पार्टी पोलिटव्यूरो बैठकमा …

पुरा पढ्नुहॊस »

कांग्रेसकै नेतृत्वमा देशमा विकास अभियान : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताएका छन्। कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले कांग्रेसकै नेतृत्वमा देशले विकासमा फड्को मारेको उल्लेख गरे। उनले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताए। जिल्लालाई विकासमा नमूना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो। “खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, …

पुरा पढ्नुहॊस »

निर्वाचन प्रचारमा शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने

विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे। त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे तर खासै सुनुवाइ हुँदैनथ्यो। आसन्न स्थानीय तहको निर्वाचन–२०७९ देखि भने त्यस्तो अवस्था कम हुने सकारात्मक सङ्केत देखिएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले हालै जारी गरेको ‘निर्वाचन आचारसंहिता–२०७८’ मा ‘कुनै सरकारी कार्यालय वा सामुदायिक विश्वविद्यालय वा सामुदायिक विद्यालयको …

पुरा पढ्नुहॊस »

बेँसीसहर–चामे सडक खण्ड थप १० दिन बन्द

लमजुङ र मनाङ जोड्ने डुम्रे–बेँसीसहर–चामे सडक खण्ड पुनः १० दिन बन्द भएको छ। सडक खण्डको तिमाङ छहरामा रहेको काठेपुल जीर्ण भएकाले कल्भर्ट निर्माण सम्पन्न भइसकेको छ। कलभर्टको ढलान पूर्णरुपमा सेट भई नसकेका कारण आइतबारदेखि पुनः सडक बन्द गरिएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ। पैदल यात्रुबाहेक सवारीसाधनका लागि सडक बन्द गरिएको मनाङ प्रशासनले एक सूचना जारी गर्दै भनेको छ। “मनाङ जिल्ला प्रवेश गर्ने सडक मार्ग डुम्रे–बेँसीसहर– चामे खण्डको तिमाङ छहरामा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको मुद्दती निक्षेप धितो कर्जा अब अनलाइनबाटै

ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले अबदेखि मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिन सक्नेछन् । बैंकले आफ्ना मुद्दती निक्षेपकर्ताहरुलाई लक्षित गरि उनीहरुको मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा उपलब्ध गराउने सुविधा सुरु गरेको छ। यसका लागि बैंकका मुद्दती निक्षेपकर्ताहरुले ग्लोबल आइएमई बैंकको मोबाइल एप “Global Smart Plus” वा वेभ “www.globalonline.gibl.com.np” मार्फत मुद्दती निक्षेपको धितोमा अनलाइन कर्जा लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ। यसमा …

पुरा पढ्नुहॊस »

कांग्रेस बागमती प्रदेश समितिमा १६ जना मनोनित

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनित भएका छन्। पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गरेका हुन्। सिन्धुपाल्चोकका निमा लामा, भक्तपुरका कृष्णलाल भँडेल, मकवानपुरका सन्तबहादुर प्रजा, रसुवाका प्रभात तामाङ तथा नुवाकोटबाट अर्जुन न्यौपाने र कल्पना नेपालीलाई मनोनय गरिएको छ। यसैगरि धादिङबाट तीलकप्रसाद रुवाली, काठमाडौँका छिरिङदोर्जे लामा, राजु खरेल, गौरी दवाडी, हरिहर अधिकारी र भगवतीकुमारी खड्कालाई सभापति बानियाँले कार्यसमितिमा मनोनयन गरेको पार्टी प्रदेश …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट: ३७ जनामा संक्रमण, मृत्यु शून्य

नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ६१ परीक्षण गरिएको छ। जसमध्ये ३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो तथ्यांकमा उल्लेख छ। पछिल्लो २४ घण्टामा गरिएका परीक्षण मध्ये जम्मा संक्रमण दर १.२ प्रतिशत मात्र रहेको पनि मन्त्रालयले जनाएको छ । यस अवधिमा मृत्यु संख्या शून्य रहेको छ। यस्तै संक्रमणमुक्त हुनेको संख्या ३८२ रहेको छ। विगत २४ घण्टामा २२ हजार ६८७ जनामा कोरोना संक्रमणविरूद्धको खोप लगाइएको छ। सक्रिय …

पुरा पढ्नुहॊस »

चीनका १ अर्ब २४ करोड जनसंख्यामा कोरोनाको पूर्ण मात्रा खोप

चीनले कम्तीमा पनि १ अर्ब २४ करोड जनसंख्यालाई कोभिडविरुद्धको पूर्ण मात्राको खोप लगाएको जनाएको छ। चीन सरकारले गत शुक्रबारसम्मको तथ्यांकअनुसार यहाँका १ अर्ब २४ करोड जनसंख्यालाई पूर्ण मात्राको खोप लगाएको जनाएको हो। चीनको नेसनल हेल्थ कमिसनका प्रवक्ता मि फेङले शनिबार सो कुराको जानकारी दिएका हुन् ।उनले भनेका छन् कि चीन सरकारले यहाँका नागरिकलाई कोरोना भाइरसका विरुद्धको खोप निकै तीव्र गतिमा दिइरहेको छ र गत शुक्रबारसम्मा यहाँका १ अर्ब २४ करोड …

पुरा पढ्नुहॊस »