४०९ जना कोरोना मुक्त, १७ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो।

सोही समयमा ४०९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घन्टामा मृत्युदर भने शून्य रहेको छ।

हाल देशभर ३ हजार ५९५ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयले पछिल्लो २४ घण्टामा ८ हजार ७ सय २९ जनाले कोरोनाविरुद्धको खोप लगाएको जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री

4

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक : महिला उद्यमशीलता, युवा स्वरोजगार र ग्रामीण अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य