नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक सुरु भएको कार्यालयका सचिव तथा सूचना अधिकारी केशव रिजालले जानकारी दिए।
स्थानीय चुनाव अभियानअन्तर्गत जिल्लामा खटिएका प्रतिनिधिरूले शुक्रबार र आइतबारको बैठकमा आ–आफ्नो प्रतिवेदन बुझाइसकेका छन्। बाँकी केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी छ।
आजको बैठकमा पदाधिकारीले धारणा राख्दैछन्। कांग्रेसमा १४ जना पदाधिकारी छन्। धारणा राख्ने अधिकांश र जिल्लाबाट आएका रिपोर्टमा कांग्रेसले आवश्यकताको आधारमा चुनावमा गठबन्धन गर्ने प्रस्ताव गरेका छन्।
तपाईंको प्रतिकृया




