प्रधानमन्त्री देउवा चैत १८ देखि २० गतेसम्म भारत भ्रमणमा जाने

प्रधानमन्त्री शेरबहादुर देउवाले चैत १८ देखि २० गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने भएका छन्। भारतको विदेश मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि देउवाको भारत भ्रमणबारे जानकारी दिएको हो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेका हुन्। प्रधानमन्त्री देउवासँगै भ्रमणमा उनकी पत्नी डा आरजु देउवा पनि रहने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा चैत १८ गते त्यसतर्फ प्रस्थान गर्नेछन्। पाँचौं पटक प्रधानमन्त्री भएपछि देउवाले गर्न लागेको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो।

भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ। सोही दिन उनले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन्।

भारतका विदेशमन्त्री एस. जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन्। प्रधानमन्त्री देउवाले नयाँदिल्लीमा कार्यक्रमहरु सकेपछि उत्तर प्रदेशको वाराणसी भ्रमण गर्ने कार्यक्रम रहेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस