मुक्तिनाथ विकास बैंकद्वारा निलसागर सेवा आश्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम

मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले राप्ती गा.पा ८, पिपरी, दाङ्ग स्थित नीलसागर असाहय अशक्त तथा ज्येष्ठ नागरिक पूनः स्थापना केन्द्र (निलसागर सेवा आश्रम) का लागि खाद्य वस्तुहरु, डस्टबीन तथा अन्य सामग्रीहरुका लागि सहयोग गरेको छ ।

बैंकले निलसागर सेवा आश्रमलाई एक कार्यक्रमबीच उक्त सामग्रीहरु हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकका तर्फबाट सिसहनिया शाखाका प्रबन्धक दिपक कुमार पाण्डे र अन्य कर्मचारीहरुको उपस्थिति तथा निलसागर सेवा आश्रमका तर्फबाट आधिकारिक सदस्यहरुको उपस्थिति रहेको थियो ।

यस सहयोगबाट निलसागर सेवा आश्रम रहेर बस्नु भएका ज्येष्ठ नागरिक , अशक्त नागरिकको पूनः स्थापना गर्न मद्दत पुग्ने धारणा बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका नागरिक र व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको सूचना अधिकारीमा नारायण राज अधिकारी नियुक्त भएका छन् । …

प्रतिकृया दिनुहॊस