पछिल्लो २४ घण्टामा थप २५ जनामा काेरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ४ हजार ९५१ नमूना परीक्षण गर्दा २५ जनामा मात्र संक्रमण पुष्टि भएको हो। सो अवधिमा संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन। यही अवधिमा ८९ जना संक्रमणमुक्त भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन्। एक दिनमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या ६० हजार २६० रहेको पनि मन्त्रालयले जनाएको …
पुरा पढ्नुहॊस »मुक्तिनाथ विकास बैंकद्वारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माणका लागि सहयोग
मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई सहयोग गर्दै आएको छ । सोही योजना अनुसार बैंकले काभ्रे स्थित श्री काठमाडौं विश्वविद्यालय हाईस्कूललाई विद्यार्थीहरुद्वारा आईयू क्यूबस्याटस् स्याटेलाईट निर्माण गर्नका लागि सहयोग गरेको छ । काठमाडौं विश्वविद्यालय हाईस्कूल र अन्तरिक्ष प्रतिष्ठान नेपालको सहकार्यमा बनेपाको विद्यालयहरुमा अध्ययन गर्ने १२ जना विद्यार्थीहरु यस आईयू क्यूबस्याटस् स्याटेलाईटको निर्माण कार्यमा जुटेका छन् । सोही स्याटेलाइटको निर्माण सक्ने र अन्तरिक्षमा उडान गरिने कार्य २०२३ …
पुरा पढ्नुहॊस »२३ दशमलव ९५ अंकले घट्याे नेप्से
बिहीबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ। यो साता निरन्तर ओरालो लागेको बजार बुधबार भने उच्च अंकले वृद्धि भएको थियो । आज भने २३ दशमलव ९५ अंकले घटेर २ हजार ५४४ दशमलव ३० विन्दुमा झरेको हो । बिहीबार २२८ वटा धितोपत्रको ३७ लाख ८७ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट १ अर्ब ८९ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले …
पुरा पढ्नुहॊस »दुर्घटनाग्रस्त चिनियाँ विमानका ४० हजारभन्दा बढी टुक्रा फेला
दक्षिण चीनको गुआङ्सी जुआङ स्वायत्त क्षेत्रमा दुर्घटनाग्रस्त भएको चाइना इस्टर्न एयरलाइन्सको विमानका बुधबारसम्म ४० हजारभन्दा बढी टुक्रा फेला पारिएको एक अधिकारीले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। चीनको नागरिक उड्डयन प्रशासनको उड्डयन सुरक्षा कार्यालयका प्रमुख झु ताओले भग्नावशेषका अधिकांश टुक्राहरू क्रमबद्ध र थप परीक्षणका लागि भण्डारणस्थलमा सारिएको बताए। करिब एक करोड वर्ग मिटर वरिपरि खोजी कार्य जारी राखिएको थियो। खोज तथा उद्धार कार्यमा २१६ दमकल र १६ वटा ड्रोन लगायतका …
पुरा पढ्नुहॊस »म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै ठगी गर्ने पक्राउ
म्यादी प्रहरीमा जागिर लगाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ। प्रहरीले सप्तरीको महदेवा गाउँपालिका-२ बस्ने २३ वर्षीय अरविन्दकुमार मण्डललाई ठगी गरेकाे आराेपमा पक्राउ गरिएकाे सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए। म्यादी प्रहरीमा जागिर लगाईदिन्छु भन्दै विभिन्न व्यक्तिसँग रकम असुल गरेको आरोपमा मण्डललाई पक्राउ गरिएको हो। मण्डललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे प्रवक्ता काफ्लेले जानकारी दिए।
पुरा पढ्नुहॊस »फ्रान्समा ७ म्याग्निच्युडको भूकम्प
फ्रान्सेली क्षेत्र न्यु क्यालेडोनियाको पूर्वमा बिहीबार ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ। भूकम्पपछि केही प्रशान्त टापुहरूमा सुनामीकाे चेतावनी दिइए पनि पछि त्यो प्रभावकारी नभएको बताइएको छ। उक्त भूकम्पको गहिराई १० किलोमिटर रहेको छ। भूकम्पबाट न्यु क्यालेडोनियामा कुनै क्षति नभएको एएफपीले जनाएको छ। ‘भूकम्पको स्थान, गहिराइ र म्याग्निच्युडलाई मनन गर्दा न्यु क्यालेडोनियामा सुनामीको कुनै जोखिम छैन’, अधिकारीहरूलाई उदृत गर्दै सो समाचार संस्थाले जनाएको छ। भूकम्पसम्बन्धी थप विवरण संकलन …
पुरा पढ्नुहॊस »युक्रेनको घटनाबाट पाठ नसिके देश ठूलाे दुर्घटनामा जान्छ : डा.भट्टराई
पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शीतयुद्धको छायाँ मडारिरहेको बताएका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन्। उनले विश्व राजनीतिसँगै परिवर्तित भूराजनीतिका कारण अमेरिका, चीन र भारतबीचका सम्बन्धहरुले समेत नेपालको आन्तरिक सम्बन्धलाई प्रभावित बनाइरहको बताए । उनले नेपाल विश्वका शक्तिशाली देशहरुको चासो बनेको भन्दै यो परिस्थितिलाई समयमै आँकलन गरेर राष्ट्रिय मुद्दामा राष्ट्रिय …
पुरा पढ्नुहॊस »लक्ष्मी बैंक र आईसीआईसीआई बैंकबीच सम्झौता
लक्ष्मी बैंक लिमिटेड र भारतको आईसीआईसीआई बैंक लिमिटेडबीच व्यापारिक साझेदारीका क्षेत्रहरू विस्तार गर्ने सम्झौता सम्पन्न छ । सो सम्झौतापत्र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह र आइसिआइसिआई बैंकका नेपालका लागि प्रमुख प्रतिनिधि रन्जनकुमार थापाले आदानप्रदान गरेका थिए । उक्त सम्झौताले नेपाल र भारतबीचको परम्परागत अन्तर–बैंक भुक्तानीका साथसाथै क्युआर भुक्तानी गरि दुई देशबीच रेमिट्यान्स भुक्तानीको दायरा विस्तार गर्न सहज बनाउने छ। साथै यो सम्झौताल दुई बैंकबीच मानव संसाधन, प्रविधि …
पुरा पढ्नुहॊस »कांग्रेस गठबन्धनकै पक्षमा छ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस गठबन्धन गरेरै अघि बढ्ने पक्षमा रहेको दाबी गरेका छन् । बिहीवार रिपोर्टस क्लवको २४ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन् । उनले आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको पनि बताए । प्रधानमन्त्री देउवाले अफ्ठ्याराहरुलाई मिलाउने काम राजनीतिक दलहरुको भएकाले आफू अफ्ठ्यारासँग नभाग्ने बताए । उनले गठबन्धनबाट अझै सरकारलाई सशक्त र एकताबद्ध बनाएर अघि बढ्ने पनि बताए । प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »मेगा बैंकद्वारा ०७९ को इक्यालेण्डर सावर्जनिक, छात्राहरुलाई प्राथमिकता
मेगा बैंक नेपाल लिमिटेडले विक्रम सम्वत २०७९ सालका लागि इक्यालेण्डर सार्वजनिक गरेको छ। यस बर्षको क्यालेण्डरमा मेगा बैंकले आर्थिक अवस्था कमजोर र विपन्न परिवारका छात्राहरुलाई मुख्य प्राथमिकता दिएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्नवर्ग परिवारका छोरीहरुको उज्जवल भविष्यलाई सुनिश्चित गर्ने प्रयास स्वरुप मेगा बैंकले ‘शिक्षा नै ज्योति अभियान’ अन्तर्गत देशभरका प्रत्येक शाखाबाट २–२ जना छात्राहरुलाई आर्थिक सहयोगको व्यवस्था गरेको छ। शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन …
पुरा पढ्नुहॊस »