नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताको आधारमा गठबन्धन गरिने बताएका छन् । नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं १ ले आज बानेश्वरमा आयोजना गरेको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको क्षेत्रीय भेलामा बोल्दै उनले संविधानको रक्षाका लागि गठबन्धन जोगाउनु पर्ने बताए। सिंहले पार्टीले गरेका निर्णयलाई सबैले मानेर अगाडि बढ्नुपर्ने धारणा राखे । पार्टीका नेताले पार्टीले गरेका निर्णयको विरुद्धमा बोल्दा समाजमा नकारात्मक भ्रम सृजना हुने भन्दै उनले यसप्रति …
पुरा पढ्नुहॊस »जिप दुर्घटना हुँदा पाल्पामा चालकसहित ११ जना घाइते
पाल्पाको रिब्दिकोट गाउँपालिका–४ रानीठाँटीमा शुक्रबार बिहान जिप दुर्घटना हुँदा चालकसहित ११ जना घाइते भएका छन्। घाइते सबैलाई उपचारको लागि पाल्पाकै प्रभाष स्थित लुम्बिनी मेडिकल कलेज पठाइएको थियो। घाइतेमध्ये भारत घर भएका २४ बर्षीय दिनबन्धु तिवारीको अवस्था गम्भीर रहेको र अन्य सामान्य उपचार पश्चात घर फर्किसकेको प्रहरीले जनाएको छ। सदैवाबाट बुटवल तर्फ जाँदै गरेको लु २ च १३०२ नम्बरको जिप बिहान सडकबाट अन्दाजी तीन मिटर तल खसेको थियो।
पुरा पढ्नुहॊस »कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री खाणलाई
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको औपचारिक भ्रमणमा गएपछि गृहमन्त्री बालकृष्ण खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाको अनुपस्थितिमा दैनिक प्रशासन कार्य गर्न गृहमन्त्री खाणलाई कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए। भारतको तीन दिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री देउवा शुक्रबार दिउँसो दिल्ली प्रस्थान गरेका छन् ।
पुरा पढ्नुहॊस »एमालेले माग्यो निर्वाचन प्रतिबद्धता पत्रका लागि सुझाव
एमालेले आसन्न स्थानीय तह निर्वाचनका लागि सार्वजनिकरूपमा सुझाव माग गरेको छ। पार्टीले बनाउन लागेको स्थानीय तह निर्वाचन प्रतिबद्धतापत्रका लागि एमालेले सुझाव माग गरेको हो। एमालेले अहिले प्रतिबद्धतापत्र निर्माण गरिरहेको छ। यसका लागि महत्वपूर्ण सल्लाह र सुझावहरू भएको खण्डमा पेस गर्न सार्वजनिक अपिल गरेको हो। एमालेले [email protected] मेलमा आफ्नो सुझाव दिन सकिने जनाएको छ। प्रतिबद्धता पत्र निर्माण गरिरहेको एमालेले चैत १६ मा स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग भर्चुअल संवाद गरेको थियो …
पुरा पढ्नुहॊस »भारत भ्रमणका लागि प्रधानमन्त्री देउवा नयाँदिल्ली प्रस्थान
प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भ्रमणका लागि भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्। चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केहीबेर अघि दिल्ली प्रस्थान गरेका हुन्। प्रधानमन्त्रीलाई विदाई गर्न सभामुख अग्निप्रसाद सापकोटा, गृहमन्त्री बालकृष्ण खाण लगायत अन्य शीर्ष नेता विमानस्थल पुगेका थिए। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टोलीले सम्मानगारत अर्पण गरेको थियो । देउवा भारतीय समय अनुसार दिउँसो २ः५० बजे नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । प्रधानमन्त्री …
पुरा पढ्नुहॊस »शनिबार रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने
नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिबार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उद्घाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदरावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ। ‘भोलि १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको सजावटको काम भइरहेको छ,’ महाप्रवन्धक झाले भने, ‘दिल्लीस्थित हैदारावाद हाउसबाट नेपाल र भारतका प्रधानमन्त्री दुवैले झन्डा हल्लाएर उद्घाटन …
पुरा पढ्नुहॊस »डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई रिपोटर्स क्लवकाे बिशेष सम्मान
रिपोटर्स क्लवले डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यलाई बिशेष सम्मान गरेको छ। क्लबले आफ्नो २४औं वार्षिकोत्सवको अवसरमा बिहीबार आचार्यलाई सम्मान गरेकाे हाे । प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई सम्मान गरे। डिस होममार्फत नेपालको पे टीभी उद्योगमा पुर्याएको योगदानको कदर गर्दै उनलाई बिशेष सम्मान गरेको क्लवले जनाएको छ। उनको सम्मान पत्रमा लेखिएको छ, ‘विश्व बजारमा प्रचलित लोकप्रिय टेलिभिजन प्रविधि ‘डाइरेक्ट टु होम’ मार्फत नेपाली जनताको मन जित्दै नेपालको पे टीभी उद्योगमा क्रियाशील …
पुरा पढ्नुहॊस »सफा हिमाल अभियानमा नेपाल लाइफको साथ
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत सफा हिमाल अभियानमा साथ दिने भएको छ । बिहीबार एक कार्यक्रमकाबीच नेपाली सेनासँग नेपाल लाइफले आर्थिक सहयोग गर्ने सम्झौता गरेको हो । नेपालमा पर्वतारोहणका लागि खुल्ला हिमालहरु (खासगरी सगरमाथा क्षेत्र) मा फोहोरका कारणले हुन गएको सौन्दर्य ह्रासलाई कम गर्न यो अभियान संचालन गरिएको हो । नेपाली सेनाका सहायक रथी हिमांशु खड्काले सरकारी निकाय, गैर–सरकारी संघ/संस्था, पब्लिक कम्पनी तथा निजी क्षेत्रहरुको सफा हिमाल …
पुरा पढ्नुहॊस »सरकारले बढायो सार्वजनिक सवारी साधनको भाडा
सरकारले सार्वजनिक सवारीसाधनको भाडा बढाएको छ । पछिल्लो समय इन्धनको मूल्य बढ्दै गएपछि सरकारले सवारीसाधनको भाडा १३ प्रतिशतसम्म बढाएको हो। तेलको मूल्यवृद्धि भइरहँदा यातायात व्यवसायीले दबाब दिएपछि सरकारले सार्वजनिक सवारीसाधनमा भाडा बढाएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक यातायातमा हाल कायम रहेको दरमा ११ देखि १३ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरेको हो । मन्त्रालयले एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने यात्रुबाहक …
पुरा पढ्नुहॊस »सेञ्चुरी बैंकको नयाँ निक्षेप खाता संचालनमा
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ्ग निक्षेप खाता संचालनमा ल्याएको छ । नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिट्यान्स) प्राप्त गर्ने ग्राहकहरुलाई लक्षित गरि सेञ्चुरी रिकरिङ्ग मुद्धती र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता संचालनमा ल्याएको छ । न्यूनतम एक हजारमै खोल्न सकिने र खातामा क्रमिकरुपमा थप रकम जम्मा गर्न सकिनेछ । …
पुरा पढ्नुहॊस »