काठमाडाैं । यातायात व्यवसायीले गाडी नथप्ने र यातायात व्यवस्था विभागले पनि वैकल्पिक व्यवस्था नमिलाउने भएपछि दसैंमा यात्रामा समस्या हुने भएको छ । विभागले नै दसैंमा गाडी अभाव हने संकेत गरेको हो ।
विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले फूलापतिपछि बढ्ने यात्रुको चाप थेग्न समस्या पर्ने बताएका छन् । याे खबर अाजकाे नयाँ पत्रिकाले छापेकाे छ । उनले फूलपाति कुर्दा टिकट पाउन समस्या हुन सक्ने हुँदा मिलेसम्म फूलपातिअघि नै घर जान यात्रुलाई आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहॊस