सिद्धार्थका ग्राहकलाई हेल्पिङ्ग हेण्ड्समा ५० प्रतिशतसम्म छुट

काठमाडाैं । सिद्धार्थ बैंक र हेल्पिङ्ग हेण्ड्स सामुदायिक अस्पताल, चाबहिलबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकले स्वास्थ्य सेवामा ५० प्रतिशत सम्म छुट प्राप्त गर्ने छन् ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स सुरेसराज महर्जन र अस्पतालका तर्फबाट अध्यक्ष डा. कृृष्ण प्रसाद अधिकारीले हस्ताक्षर गरे । ग्राहकले विभिन्न किसिमका सेवा सुविधा लिंदा ५० प्रतिशत सम्म छुट र यूएनओ क्रेडिट कार्ड प्रयोगकर्ताले थप २।५ प्रतिशत छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

बैंकका देशभर १२६ शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १३१ एटिएम र १ हजार भन्दा बढी पिओएस मेसिन छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्काइवर्थको दसैं अफरः घरायसी उपकरण खरिदमा एमजीको कमेट ईभी जित्न सकिने

काठमाडौं । स्काइवर्थ होम एप्लायन्सेसले दसैंतिहार विशेष अफर सार्वजनिक गरेको छ । स्काइवर्थको नेपालका लागि …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds