विधेयक पारित नगरी संसद्को दाेश्रो अधिवेशन आज सकिँदै

काठमाडाैं । संघीय संसद्को दोश्रो अधिवेशन आज सकिँदै छ। प्रतिनिधिसभा एवं राष्ट्रियसभाको वर्से अधिवेशन आज सकिन लागेको हो । संघीय संसद्को अधिवेशन गएको २३ वैशाखदेखि सुरु भएको थियो

। संसदिय दलका नेताहरुको समन्वयमा प्रतिनिधिसभा र राष्ट्रियसभा दोस्रो अधिवेशन बिहीबारबाट सक्ने तयारी गरिएको संसद सचिवालयले जानकारी दिएको छ । सचिवालयका अनुसार दशैं, तिहार जस्ता चाडपर्वको बेला सांसद्हरु आफ्नो निर्वाचन क्षेत्रमा जाने भएकाले अधिवेशन अन्त्य गर्न लागिएको हो ।

संघीय संसद्को पहिलो अधिवेशन फागुन २१ गते शुरु भएर चैत २० गते सकिएको थियो । राष्ट्रियसभा र प्रतिनिधिसभा बैठक शुरु र अन्त्य राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ । दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गर्ने कार्यक्रम छ । दोश्रो अधिवेशनले आर्थिक वर्ष ०७५ /०७६ को बजेट पारित, मौलिक हक सम्बन्धी कानुन निर्माण र विभिन्न राष्ट्रिय महत्वका विषयमा सरकारलाई निर्देशन दिएको छ। तर अझै पनि धेरै महत्वपूर्ण विधेयक पारित गर्न बाँकी छ ।

नागरिकता संशोधन, चिकित्सा शिक्षा विधेयक, लेखा परीक्षण, भुक्तानी तथा फस्र्योट र विमा सम्बन्धी विधेयक पारित नगरी अधिवेशन अन्त्य हुन लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds