News desk

साउदीमा मृत्यु भएका २४ नेपालीका परिवारले राहत रकम पाउने

काठमाडाैं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ । मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, …

पुरा पढ्नुहॊस »

सुविसुले ल्यायो दशैं लक्षित ‘सुविसु शुभ अफर’

काठमाडाैं । सुविसुले दशैं लक्षित ‘सुविसु शुभ अफर’ प्रस्तुत गरेको छ । अफरमा क्लियर टिभी, इन्टरनेट तथा इन्टरनेट र क्लियर टिभीमा फरक अफर रहने जनाइएको छ । क्लियर टिभिमा १५ सय रुपैयाँ (कर सहित) मा २ महिनाको प्रिमियम सेवा साथै, सेट टप बक्स र जडान सेवा दिइने छ । इन्टरनेट सेवा अन्तर्गत २० एमबिपीएस अनलिमिटेड इन्टरनेट १ महिनाको लागि साथै माेडियम र जडान २ हजार रुपैयाँ–(कर सहित) मा दिइने छ …

पुरा पढ्नुहॊस »

आँखुखोला जलविद्युत र प्राधिकरणबीच सम्झौता

काठमाडाैं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रोबीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) भएको छ । सम्झौताअनुसार ३८ मेगावाट क्षमताको आँखुखोला आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । योजनामा करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि …

पुरा पढ्नुहॊस »

डीभीको आवेदन आज रातिबाट खुल्दै, यसरी भर्नुहोस्

काठमाडौं । अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम २०२० का लागि आज रातिदेखि आवेदन खुला हुने भएको छ । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार आज राति ९ः४५ बजेबाट शुरू हुने डीभीको आवेदन कात्तिक २० गते राति १०ः४५ बजेसम्म खुला रहनेछ । दूतावासले डीभी चिट्टा आज रातिदेखि खुल्न लागेको जानकारी दिँदै आवेदन भर्न कुनै शुल्क नलाग्ने प्रष्ट पारेकाे छ । डीभी भर्न कन्सल्टेन्टहरुको सहयोग लिने क्रम बढिरहेका बेला दूतावासले परिवारका सदस्य, साथी या विश्वासिलो व्यक्तिको …

पुरा पढ्नुहॊस »

पाँच किलो सुनसहित काठमाडौंबाट एक पक्राउ

काठमाडौं । प्रहरीले पाँच किलो अवैध सुनसहित एक जनालालाई पक्राउ गरेको छ ।  तस्करीका लागि रसुवाबाट सुन राजधानीतर्फ ल्याउँदै गर्दा बुधबार बिहान काठमाडौंको तीनपिप्लेबाट एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका बरिष्ठ प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिएका छन् । कम्मरपेटीमा पाँच किलो सुन लुकाएर गाडीमा आउँदै गरेका एक व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएको प्रहरीले पक्राउ परेका व्यक्तिबारे जानकारी दिएको छैन । बुधबार १२ बजे पत्रकार सम्मेलन गरी पक्राउ परेका व्यक्ति सार्वजनिक …

पुरा पढ्नुहॊस »

कञ्चनपुर घटना : सिंगो सरकारमाथि नै प्रश्नचिन्ह

काठमाडाैं । केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको सात महिना पूरा भएको छ । सरकार गठन हुँदा नागरिकमा देखिएको आशा र उत्साह सात महिना पुग्दा निराशामा परिणत भएको छ । सरकारले नागरिकको आधारभूत आवश्यकतालाई समेत पूरा गर्न सकेको छैन । समृद्धिको लक्ष्य र योजनासहित अगाडि बढेको दुई तिहाइ बहुमत प्राप्त सरकारप्रति जनस्तरबाट व्यापक रुपमा आलोचना शुरु भएको छ । महँगी घट्ने आशा गरेका नागरिकमाथि महँगी थोपरिएको छ । दशैंको मुखमा …

पुरा पढ्नुहॊस »

बजेट हिनामिना गरेको भन्दै वडाध्यक्षलाई जुत्ताको माला र कालो मोसो !

काठमाडाैं । विकास बजेटमा अनियमितता गरेको आरोपमा बझाङको बुङगल नगरपालिका ९ का वडाध्यक्ष देउमल धामीलाई स्थानीय किसानले जुत्ताको माला गलाएर दुव्र्यवहार गरेका छन् । कृषिका लागि विनियोजित तीन लाख रुपैयाँ वडाध्यक्ष धामीले अनियमितता गरेको किसानको आरोप छ । यो खबर आजको कान्तिपुरले छापेको छ । बिनियोजित तीन लाख ५० हजारमध्ये वडाध्यक्ष धामीले ५० हजारको मात्रै बिउविजन किनेर बाँकी रकम आफूले खाएको किसानले आरोप लगाएका स्थानीय खगेन्द्रबहादुर सिंहले बताए । वडाध्यक्षलाई स्वागत …

पुरा पढ्नुहॊस »

दसैँको मुखमा महंगीको दशा : के मा कति बढ्यो भाउ ?

काठमाडाैं । दसैंको मुख्मा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको भाउ चर्को वृद्धि भएको छ । उपभोक्ता मूल्यवृद्धिको चर्को मारमा परिरहँदा सरकार भने महंगी खासै नबढेको दावी गरिरहेको छ । के मा कति बढ्यो मूल्य ? यो खबर आजको नयाँ पत्रिका दैनिकले मूल्य वृद्धिको विवरणसहित छापेको छ । इन्धनको भाउ आठ महिनामा १० पटक वृद्धि भएको छ । पेट्रोल प्रतिलिटर १८ रुपैयाँ, डिजल र मट्टितेल १८–१८ रुपैयाँ बढेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ …

पुरा पढ्नुहॊस »

बिहे गर्छु भन्दै १६ वर्षीया किशोरीलाई सात दिनसम्म बन्धक बनाएर यौन शोषण

काठमाडाैं । डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय लोकबहादुर किकले गाउँकै १६ वर्षीया किशोरीलाई बिहे गर्ने प्रलोभन देखाउँदै सातदिनसम्म बन्धक बनाएर यौन शोषण गरेका छन् । किशोरीको यौन शोषण गर्ने बिकलाई प्रहरीले पक्राउ गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । बिकले कैलालीको बगैचुल्लास्थित आफन्तको घरमा लगेर किशोरीको यौन शोषण गरेका हुन् । आफन्तको उजुरीको आधारमा बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पुरा पढ्नुहॊस »

आकाश र आश्मा स्टारर फिल्म ‘ड्रिम गर्ल’काे ट्रेलर रिलिज (भिडियो)

काठमाडौं । फिल्म ‘ड्रिम गर्ल’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक ट्रेलरमा प्रेम, विछोड, द्वन्द्व तथा कमेडी पक्षलाई समेटिएको छ । मंसिर ७ गतेबाट रिलिज हुने फिल्मलाई ऋषिराज आचार्यले निर्देशन गरेका हुन् । लभ स्टोरी जनरामा निर्माण भएको फिल्ममा आकाश श्रेष्ठ, आश्मा गिरी, विल्सनविक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी, रश्मि भट्ट, शूरवीर …

पुरा पढ्नुहॊस »