आँखुखोला जलविद्युत र प्राधिकरणबीच सम्झौता

काठमाडाैं । अपर आँखुखोला जलविद्युत परियोजना निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण र प्रवद्र्धक कम्पनी धादिङ्ग आँखुखोला हाइड्रोबीच विद्युत व्यापार सम्झौता (पि.पि.ए) भएको छ ।

सम्झौताअनुसार ३८ मेगावाट क्षमताको आँखुखोला आयोजना सन् २०२२ डिसेम्बर ३० सम्ममा निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ । योजनामा करिब ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङ्ग र प्रवद्र्धक कम्पनीका प्रमुख कार्यकारी अधिकृत मणि चौलागाईले हस्ताक्षर गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस