बजेट हिनामिना गरेको भन्दै वडाध्यक्षलाई जुत्ताको माला र कालो मोसो !

काठमाडाैं । विकास बजेटमा अनियमितता गरेको आरोपमा बझाङको बुङगल नगरपालिका ९ का वडाध्यक्ष देउमल धामीलाई स्थानीय किसानले जुत्ताको माला गलाएर दुव्र्यवहार गरेका छन् ।

कृषिका लागि विनियोजित तीन लाख रुपैयाँ वडाध्यक्ष धामीले अनियमितता गरेको किसानको आरोप छ । यो खबर आजको कान्तिपुरले छापेको छ ।

बिनियोजित तीन लाख ५० हजारमध्ये वडाध्यक्ष धामीले ५० हजारको मात्रै बिउविजन किनेर बाँकी रकम आफूले खाएको किसानले आरोप लगाएका स्थानीय खगेन्द्रबहादुर सिंहले बताए ।

वडाध्यक्षलाई स्वागत गर्न भन्दै करिब ४० जना किसानले वडा कार्यालयमै पुगेर जुत्ताको माला र कालो मोसो दलेर वडाध्यक्षलाई दुव्र्यवहार गरेका हुन् । तर वडाध्यक्ष धामीले भने आफूले अनियमितता नगरेको दावी गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस