साउदीमा मृत्यु भएका २४ नेपालीका परिवारले राहत रकम पाउने

काठमाडाैं । रियादस्थित नेपाली दूतावासले विभिन्न कारणबाट साउदी अरबमा ज्यान गुमाएका २४ नेपाली कामदारका परिवारले पाउनुपर्ने दुई लाख ७१ हजार ८०७ साउदी रियाल नेपाल पठाएको छ ।

मृतक नेपाली नागरिकका कानूनी हकदारले पाउने गरी उनीहरुले काम गरेको अवधिको लिन बाँकी रहेको तलब, भत्ता तथा ‘ब्लडमनी’ परराष्ट्र मन्त्रालयको बैङ्क खातामा हस्तान्तरण गरिएको दूतावासले जनाएको छ । सिरहाका अवधकिशोर यादव र राजकुमार मण्डल, बाराका अमिरी माझी, पाल्पाका भुवनसिंह दिसा, सप्तरीका विनोदकुमार मण्डल, अर्घाखाँचीका विष्णुबहादुर टण्डन, म्याग्दीका गणेशबहादुर घर्ती, महोत्तरीका गरहवा बतार, धनुषाका गुरुशरण ठाकुर, रामलखन मण्डल र रमेश कापरले पाउनुपर्ने रकम हस्तान्तरण गरिएको हो ।

त्यस्तै दाङका जालुराम चौधरी, काभ्रेपलाञ्चोकका काजिबाबु थापा, भोजपुरका कुलबहादुर खत्री, लमजुङका मिलन तामाङ, सुनसरीका परमेश्वर मोची, धनकुटाका राजेन्द्र भुजेल, झापाका रुपेन मोक्तान तामाङ र सन्तोष परियार तथा मकवानपुरका सूर्यप्रसाद चौलागाईंका परिवारले पनि राहत रकम पाउने छन् ।

गुल्मीका हेमलाल पेमी, खोटाङका लेखराज राई, कास्कीका लुमनाथ अधिकारी र सिन्धुलीका प्रेमबहादुर पाख्रिनका परिवारले ब्लडमनी बापतको साउदी रियाल २० हजार पाउने दूतावासले जनाएको छ । अर्घाखाँचीका टण्डनको छुट्टीमा रहँदा नेपालमा मृत्यु भए पनि सम्बन्धित कम्पनीबाट पाउनुपर्ने तलब, भत्ता उनको परिवारलाई पठाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस