बिहे गर्छु भन्दै १६ वर्षीया किशोरीलाई सात दिनसम्म बन्धक बनाएर यौन शोषण

काठमाडाैं । डोटीको जोरायल गाउँपालिकाका २६ वर्षीय लोकबहादुर किकले गाउँकै १६ वर्षीया किशोरीलाई बिहे गर्ने प्रलोभन देखाउँदै सातदिनसम्म बन्धक बनाएर यौन शोषण गरेका छन् ।

किशोरीको यौन शोषण गर्ने बिकलाई प्रहरीले पक्राउ गरेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

बिकले कैलालीको बगैचुल्लास्थित आफन्तको घरमा लगेर किशोरीको यौन शोषण गरेका हुन् । आफन्तको उजुरीको आधारमा बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप