काठमाडाैं । दसैंको मुख्मा खाद्यान्नसहित दैनिक उपभोग्य बस्तुको भाउ चर्को वृद्धि भएको छ । उपभोक्ता मूल्यवृद्धिको चर्को मारमा परिरहँदा सरकार भने महंगी खासै नबढेको दावी गरिरहेको छ ।
के मा कति बढ्यो मूल्य ? यो खबर आजको नयाँ पत्रिका दैनिकले मूल्य वृद्धिको विवरणसहित छापेको छ । इन्धनको भाउ आठ महिनामा १० पटक वृद्धि भएको छ । पेट्रोल प्रतिलिटर १८ रुपैयाँ, डिजल र मट्टितेल १८–१८ रुपैयाँ बढेको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँ बढेको छ ।
के मा कति वढ्यो मूल्य ?
चिनीको मूल्य १५ दिनमै प्रतिकिलो १५ रुपैयाँ वृद्धि
आँटा प्रतिकिलो पाँच रुपैयाँ वढ्यो
खानेतेलको मूल्य लिटरमा ४५ रुपैयाँसम्म वृद्धि
आलु धार्नीको दुई सय रुपैयाँ पुगेको छ
दूध–दही प्रतिलिटर १५ रुपैयाँ वढ्यो
मासको दाल प्रतिकिलो २० रुपैयाँ वृद्धि
हरियो फर्सी प्रतिकिलो २० रुपैयाँ वढ्यो
तरकारीको भाउ अझ वढ्ने
प्रतिकृया दिनुहॊस