काठमाडाैं । काठमाडौँ लोक गायिका विष्णु माझीको स्वर रहेको गीत ‘कसम’को म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रेम र प्रेममा धोका पाउने जोडीका विषयमा केन्द्रित रहेको छ । विष्णु माझी र बुद्ध मियाको स्वर रहेको गीतको भिडियो शिवदर्शन फिल्मस् प्रालिको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतमा लय र शब्द संकलन बुद्ध मियाको रहेको छ । म्युजिक भिडियोमा सगुन शाही र बुद्ध मियाले अभिनय गरेका छन् । https://youtu.be/yFG-Blp2R4E
पुरा पढ्नुहॊस »प्रियंकाकी बहिनीले लिइन् जुत्ता लुकाएबापत पाँच लाख
काठमाडाैं । प्रियंका चोपडाकी बहिनी (काकाकी छोरी) परिणीति चोपडाले आफ्ना भिनाजु निक जोनसको जुत्ता लुकाएबापत ३ करोड ५० लाख भारतीय रुपैयाँ माग गरिन्। यसअघि क्रिस्चियन परम्पराअनुसार बिहे गरेका बलिउड अभिनेत्री प्रियंका र अमेरिकन गायक निकले पुनः मंगलबार हिन्दू संस्कारअनुसार बिहे गरेका थिए। बिहेमा सालीले भिनाजुकाे जुत्ता लुकाउने चलनअनुसार परिणीतिले निकको जुत्ता गायब गरेकी थिइन्। तर, निकले परिणीतिले मागअनुसार पैसा दिएनन्। भारतीय सञ्चार माध्यमका अनुसार यस विषयमा बिहेअघि नै साली-भिनाजुबीच पैसाको बार्गेनिङ भएको …
पुरा पढ्नुहॊस »काठमाडौं उपत्यकाको तापक्रम ५ डिग्रीमा झर्यो
काठमाडाैं । बिहीबार बिहान काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । आज बिहान काठमाडौं उपत्यकाको तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् । ‘२ मंसिरमा काठमाडौंको तापक्रम ६ डिग्रीमा झरेको थियो,’ नगरकोटीले भनिन्, ‘त्यसयता वढेको तापक्रम बिहीबार यो वर्षकै कम ५ दशमलव ६ डिग्री मापन गरिएकाे छ ।’ मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतीय भूमि हुँदै भित्रिएको पश्चिमी वायूको …
पुरा पढ्नुहॊस »अल्लारे प्रेमले १३ वर्षमै प्रेमिका गर्भवती, प्रेमी पक्राउ
काठमाडाैं । सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो । तर, त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य हुँदैछिन स्याङ्गजा कि एक बालिका । केटाले अरुसँग विहे गरादिने डरले बालिकालाइ आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध भएको देखिन्छ । अल्लारे प्रेमले दुबै जनालाइ अहिले अप्ठेरोमा पारेको छ । बालिकाले भनिन्- ‘हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ ।’ बालिकाले कसैको पनि नाम …
पुरा पढ्नुहॊस »कहाँ हराए दिल्लीको आश्रयगृहबाट ८ नेपाली महिला ?
काठमाडाैं । भारतको राजधानी दिल्लीस्थित एउटा रेड लाइट क्षेत्रबाट उद्धार गरेर त्यहाँको सरकारी आश्रयगृहमा राखिएका ८ जना नेपाली महिलाहरू हराएका छन् । दिल्लीकै दिलशाद गार्डनस्थित संस्कार आश्रयगृहमा राखिएका उनीहरू त्यहीँबाट हराएको बताइएको छ । ती महिलाहरूलाई दिल्लीको जीबी रोड क्षेत्रबाट उद्धार गरेर उक्त सरकारी आश्रयगृहमा राखिएको थियो । गत शनिवार र आइतवार राती ती ८ नेपाली र एक भारतीय सहित ९ जना महिला आश्रयगृहबाट एकाएक हराएका थिए । उनीहरू आफैँ …
पुरा पढ्नुहॊस »मृत महिलाबाट प्रत्यारोपण गरिएको पाठेघरबाट जन्मियो बच्चा, कसरी भयाे सम्भव ?
काठमाडाैं । ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन् । एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन । संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ । सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो । एक जना ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर ती युवतीको पेटमा राखियो । ती महिलाले दान दिएको पाठेघर युवतीको पेटमा राख्न १० घन्टा लामो अपरेशन भयो । पाठेघर …
पुरा पढ्नुहॊस »तत्काल नखुल्ने भयाे लोकसेवा
काठमाडाैं । कर्मचारी समायोजन प्रक्रियाका कारण मंसिरको अन्तिम साता खोल्ने तयारी गरिएको लोकसेवाको परीक्षा तत्काल नखुल्ने भएको छ। अब समायोजन प्रक्रिया सकिएपछि मात्रै लोकसेवाको भर्ना प्रक्रिया खुल्नेछ। यो खबर आजको राजधानी दैनिकमा सागर पण्डितले लेखेका छन्। समायोजनपछि मात्रै कर्मचारी भर्ना प्रक्रिया खुल्ने भएकाले हाललाई लोकसेवाको परीक्षा स्थगित हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय उच्च स्रोतले जानकारी दिएको छ। मन्त्रालयका अनुसार संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न कम्तीमा तीन …
पुरा पढ्नुहॊस »निर्मलाको बलात्कार र हत्या आशंकामा थप चारजना पक्राउ, केहीले अपराध स्वीकार गरेका प्रहरी दावी
काठमाडाैं । कञ्चनपुरकी बालिका निर्मला पन्तको सामुहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ। यही आशंकामा महेन्द्रनगरबाट तीन र काठमाडौबाट एक जना पक्राउ परेका खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन्। सामुहिक बलात्कारपछि हत्या गरेको आशंकामा निर्मलाका छिमेकी प्रदीप रावल काठमाडौंबाट पक्राउ परेका हुन्। उनलाई महानगरिय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको छ। अन्य तीनजना महेन्द्रनगरबाट पक्राउ परेका हुन्। उनीहरु सबै लागू औषध दुव्र्यसनी रहेका र …
पुरा पढ्नुहॊस »जाडोमा मर्निङवाक गर्दा यस्तो बेफाइदा
काठमाडाैं । मंसिर पुसको जाडोमा पनि राजधानी काठमाडौंका सडक तथा बगैँचाहरुमा धेरै मानिस मर्निङवाकमा निस्किएका भेटिन्छन्। नियमित मर्निङवाक गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर, काठमाडौंमा वायु प्रदूषणको मात्रा वढी छ। अझ जाडोमा वातावरण धेरै सुख्खा भएर धुलो उड्ने गर्छ। तसर्थ, जाडोमा एकाविहानै वाकमा निस्कँदा पदूषित हावा खाइने हुन्छ। जुन स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन्। वायु प्रदूषणको कारण दम, ब्रोङकाइटिस, फोक्सो र मुटुसम्बन्धी रोग लाग्ने संभावना हुन्छ। यो खबर आजको नयाँ …
पुरा पढ्नुहॊस »राजदूत लक्की शेर्पामाथि मानव तस्करीको आरोप, परराष्ट्र मन्त्रालय छानविन गर्दै
काठमाडाैं । सरकारले अस्टे«लिया लागि नेपाली राजदूत लक्की शेर्पामाथि छानबिन सुरु गरेको छ। उनीमाथि मानव तस्करी गरेको गम्भीर आरोप लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन्। मुलुकको प्रतिनिधित्व गर्दै सम्बन्ध सेतु बनेकी राजदूत आफैँ विवादमा परेकी छन्। यसबाट द्विपक्षीय सम्बन्ध असहज बन्ने आशंका पैदा भएको छ। शेर्पामाथि परराष्ट्र मन्त्रालयले छानविन थालेको छ। तर, राजदूत शेर्पामाथि छानविन प्रक्रियाबारे परराष्ट्र मन्त्रालयका अधिकारीले केही जानकारी गराएको छैन। शेर्पा तत्कालिन माओवादीको सिफारिसमा …
पुरा पढ्नुहॊस »