काठमाडाैं । लगानीकर्ताले आइतबारदेखि सिधै अनलाइनमार्फत सेयर कारोबार गर्न पाउने भएका छन् । आजबाट ब्रोकरले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछि स्वचालित विद्युतीय कारोबार गर्न पाउने भएका हुन् । यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता हुनुपर्छ । नेप्सेले पूर्ण स्वचालित विद्युतीय प्रणाली शुरु गरेको ठीक एक महिना पछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन् ।
पुरा पढ्नुहॊस »अन्तरप्रदेश परिषद्को बैठक आज, सातै प्रदेशका मुख्यमन्त्री राजधानीमा
काठमाडाैं । अन्तरप्रदेश परिषद्को बैठक अाज बस्दैछ । प्रदेश र केन्द्र सरकारसँग दूरी बढ्दै गएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरप्रदेश बैठक आह्वान गर्नुभएकाे हाे । बैठकमा प्रदेश सरकारको काम कारबाहीबारे समीक्षा गर्नका लागि बैठक प्रधानमन्त्री ओलीले बैठक बोलाएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयाे । बैठकमा सात प्रदेशका मुख्यमन्त्री, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी हुनुहुनेछ । सातजनै मुख्यमन्त्रीले आफ्नो कामको समीक्षा गर्नेछन् । त्यस्तै प्रदेशमा भएका समस्याका बारेमा …
पुरा पढ्नुहॊस »वैज्ञानिकले औंल्याए नेपालमा अर्को भूकम्पीय जोखिम
काठमाडाैं । नेपालमा ठूलो भूकम्प जाने सम्भावना रहेको भन्दै वैज्ञानिकहरूले सुरक्षित र बलियो बासस्थान निर्माणको आह्वान गरेका छन् । भारतीय वैज्ञानिकहरुले हिमालय क्षेत्रसहित नेपालमा भूकम्पको जोखिम रहेको दाबी गरेका छन् । जवाहरलाल नेहरू सेन्टर फर एड्भान्स साइन्टिफिक रिसर्चका भूगर्भविद् सीपी राजेन्द्रको नेतृत्वमा गरिएको भौगर्भिक अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हाे । तीन वर्ष लगाएर गरिएको अनुसन्धानले भारतको उत्तराखण्ड र नेपालको पश्चिम क्षेत्रमा निकट भविष्यमा ठूलो भूकम्प जान सक्ने देखाएको छ । …
पुरा पढ्नुहॊस »लाइसेन्स परीक्षामा ५४ प्रतिशत चिकित्सक फेल
काठमाडाैं । नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको लाइसेन्स परीक्षामा एमबीबीएस गरेका ५४.३९ प्रतिशत चिकित्सक अनुत्तीर्ण भएका छन् । बीडीएस गरेका ६२ प्रतिशत दन्त चिकित्सक अनुत्तीर्ण भएका खबर आजको कान्तिपुर दैनिकले छापेको छ । परीक्षामा एमबीबीएस गरेका १ हजार ३ सय १६ र बीडीएस गरेका १ सय ८६ सहभागी थिए । एमबीबीएस गरेका ७ सय ५३ र बीडीएस गरेका १ सय १७ जना अनुत्तीर्ण भएका हुन्। लाइसेन्स परीक्षामा केही वर्षयता आधाजसो अनुत्तीर्ण …
पुरा पढ्नुहॊस »कर्मचारीको मनपरीः न पोसाक लगाउँछन्, न समयमै आउँछन्
काठमाडाैं । दुई तिहाइको सरकार छ, तर कर्मचारीले टेरेको देखिँदैन। कर्मचारीको मनपरी छ। न पोसाक लगाउँछन्, न समयमा नै कार्यालय पुग्छन्। सुशासन कायम गर्ने घोषणा कागजमै सिमिति छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन्। उपत्यकाको आन्तरिक राजस्व कार्यालयदेखि स्थानीय तहसम्म कर्मचारी समयमा कार्यालय त पुग्दैनन् नै तोकिएको पोसाक पनि नलगाएर मनलाग्दी गरेको पाइएको छ। सेवाग्राही भने हाकिम कर्मचारीको कोठा रुँगेर बस्न विवश छन्। प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय …
पुरा पढ्नुहॊस »इजरायल जान छानिएका ४१ जना कामदार अलपत्र, किन आउन छाड्यो माग ?
काठमाडाैं । सरकारले इजरायलमा केयर भिगर कामदारका रुपमा पठाउँन छानेका एक सय १९ युवायुवतीमध्ये ४१ जना अलपत्र परेका छन्। वैदेशिक रोजगारी विभागले दुई वर्षअघि केयर गिभरका लागि दुई चरणमा गरेर एक सय १९ जनालाई छानेको थियो। यो खबर आजको नागरिक दैनिकले छापेको छ। इजाराइलबाट माग नै आउन छाडेपछि छनौट भएका ४१ जना अझै इजाराइल जान पाएका छैनन्। पछिल्लो चरणमा केयर गिभरको माग नै आउन छाडेकाले यस्तो अबस्था सिर्जना भएको हो। श्रोतका …
पुरा पढ्नुहॊस »कम्युनिष्टको स्वभाव विचित्रः यी हुन् पादरीको पाउमा पर्ने प्रभावशालीहरु
काठमाडाैं । ‘क्रिस्चियन मिसनरी’ बाट सञ्चालित युनिभर्सल पिस फेडेरेशनको सम्मेलनमा सत्ता–प्रतिपक्षका थुप्रै नेताको नग्नता छताछुल्ल भएको छ। १६ मंरिसमा विवादास्पद संस्था ‘युनिभर्सल पिस फेडेरेशन’ले प्रधानमन्त्री ओलीलाई १ लाख डलरको ‘गुड गभर्नेन्स अवार्ड’ प्रदान गर्यो। फेडेरेशनले प्रधानमन्त्री ओलीलाई दिएको यो अवार्ड एकातिर सत्तामाथिकै व्यंग्य थियो भने अर्कातिर त्यसले नेताहरुलाई नांगेझार बनाउँदै थियो। ‘गुड गभर्नेन्स अवार्ड’ का लागि ओलीले प्रभावशाली कदम चालेकाले नभई उनलाई प्रभावमा पार्न विवादास्पद संस्थाले १ लाख डलर राशीको …
पुरा पढ्नुहॊस »बयान दिन राजदूत शेर्पा नेपाल आइन्, पद रहन/नरहने ठेगान छैन
काठमाडाैं । सरकारले ठगी विवादमा तानिएकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई छानविनका लागि काठमाडौँ बोलाएको छ। परराष्ट्र मन्त्रालयले गठन गरेको तीन सदस्यीय छनविन समितिलाई बयान दिन शेर्पा शनिबार क्यानबेरास्थित दूताबासबाट काठमाडौँ आएकी हुन्। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ। मन्त्रालयका अनुसार उनको राजदूत पद रहने÷नरहने निर्णय गर्नुअघि लागेका आरोपबारे छानविन गरिनेछ। राजदूत शेर्पालाई मानव तस्करी गरेको अभियोग लागेको छ।
पुरा पढ्नुहॊस »राति भोक लागेमा के खाने ?
काठमाडाैं । कहिलेकाहीँ घरमै बसेर अफिसको काम पनि गर्नुपर्ने हुन्छ । यसका लागि प्रायः रातको समय फुर्सदिलो हुन्छ । त्यसैले काम गर्दै रातको समयमा अचानक भोक लाग्न सक्छ । यस्तो वेला भोक मेटाउन तपाईंले चकलेट वा स्न्याक्सको सहारा लिइरहनुभएको छ भने गलत गर्नुभएको छ । किनकि, रातको समय अत्यधिक सुगर र क्यालोरीयुक्त स्न्याक्स प्रयोग गर्दा स्वास्थ्यमा खराब असर पर्न सक्छ । त्यसैले स्वास्थ्यका लागि यस्तो समयमा फलफूल प्रयोग गर्दा निकै लाभदायक हुन्छ । तपाईंले डिनर गरेको केही …
पुरा पढ्नुहॊस »एघार जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र
काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पाँच महीनामा विभिन्न ११ जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । चालू आवको हालसम्म अनुमतिपत्र दिइएका आयोजनाको क्षमता एक हजार ३८७ मेगावाट रहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले हालसम्म १९० आयोजनालाई त्यस्तो अनुमतिपत्र दिएको छ । विभागकाअनुसार हालसम्म सात हजार २६३ मेगावाट क्षमताका आयोजनाले त्यस्तो अनुमति लिएका छन् । चालू आवको हालसम्म अनुमति दिइएका आयोजनामा ४४० मेगावाट क्षमताको …
पुरा पढ्नुहॊस »