अल्लारे प्रेमले १३ वर्षमै प्रेमिका गर्भवती, प्रेमी पक्राउ

काठमाडाैं । सानै उमेरमा प्रेम भयो त्यसपछि सम्बन्ध झन बढी गहिरो बन्न पुग्यो । तर, त्यही प्रेमले गर्दा उमेर नपुग्दै आमा बन्न बाध्य हुँदैछिन स्याङ्गजा कि एक बालिका ।

केटाले अरुसँग विहे गरादिने डरले बालिकालाइ आफ्नो बनाउनकै लागि दुबैको सहमतिमै सम्बन्ध भएको देखिन्छ । अल्लारे प्रेमले दुबै जनालाइ अहिले अप्ठेरोमा पारेको छ । बालिकाले भनिन्- ‘हामी बिच प्रेम सम्बन्ध थियो, हामी एक अर्कालाइ छाड्न सक्दैनौ ।’ बालिकाले कसैको पनि नाम नखुलाउन आग्रह गर्दै आफुले बच्चालाई जन्म दिने बताइन ।

‘१३ वर्ष ८ महिना १० दिनकी भएकि बालिका विधालय जादा टाउको दुख्ने, पेट दुख्ने हुँदा उनलाइ सिटामोल मात्र दिइयो, ३ महिना अगाडि विधालयकी एक शिक्षिकाले होमवर्क जाच्ने क्रममा पेट ठूलो देखिए पछि मात्र गर्भवती हुन लागेको कुरा बाहिर आयो’ थ्री एन्जल्स नेपालका प्रशासकिय सचिव भिम पौडेलले भने । परिवारको सम्पर्कमा भएको उनलाइ कुनै क्षति नहुन दिनको लागि आफुहरुले केयर सेन्टरमा राखेको पौडेलले जानकारी दिए ।

उनका प्रेमीलाई भारतबाट झिकाएर स्याङ्जा प्रहरीको जिम्मा लगाइएको छ । कानुनले १६ वर्ष भन्दा मुनिका बालिकालाइ सहमतिमै सम्बन्ध भएपनी त्यसलाइ जवरजस्ती करणिकै मुद्वा लाग्ने कास्की प्रहरी प्रमुख ओम रानाले बताए । “उमेर पुगेपछी दुबैले विहे गर्ने भनेका छन, अहिले बालिका केयर सेन्टरमा रहेकि छन् र केटा प्रहरी नियन्त्रणमा छ’ रानाले भने । बालिकाको अवस्था सामान्य रहेको पश्चिमाञ्चल अस्पतालले जानकारी दिएको पौडेलले बताए । डाक्टरले मंसिर १७ गतेको समय दिए पनि आझै बच्चा पाउन सकेकी छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेस नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीको राष्ट्रपति पौडेलसँग भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेट गरेका छन् । आइतबार …

प्रतिकृया दिनुहॊस