News desk

एक अमेरिकी डलर किन्न ११९ रूपैयाँ

काठमाडाैं । अमेरिकी डलरको मूल्यले ११९ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११९ रुपैयाँ ३३ पैसा तथा खरिददर मूल्य ११८ रुपैयाँ ७३ पैसा छ । अघिल्लो दिनको तुलनामा यो ५३ पैसा महँगो हो ।  डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ । डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्न जान्छ । यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको …

पुरा पढ्नुहॊस »

नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो । तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने …

पुरा पढ्नुहॊस »

‘छक्का पञ्जा ३’ आजबाट देशैभर प्रदर्शनमा

काठमाडाैं । धेरै दर्शकलाई प्रतिक्षा थियो । चलचित्र छक्का पञ्जातिन रिलिजको दिन कहिले आइपुग्ला ? अब भने दर्शकको प्रतिक्षाको घडि समाप्त भएको छ । यस वर्षकै सर्वाधिक प्रतिक्षित मानिएको चलचित्र छक्का पञ्जा ३ आज बाट ‘अल नेपाल’ प्रदर्शनमा आएको छ । नेपाली चलचित्र सधैँ शुक्रबारबाट प्रदर्शनमा आउने भए पनि दसैंको घटस्थापनालाई केन्द्रित गर्दै चलचित्र आजबाट प्रदर्शनमा आएको हो । हाँस्यकलाकारहरुले भरि भराउ भएको चलचित्रले दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम …

पुरा पढ्नुहॊस »

यी हुन् चिसोमा लाग्ने रोग, बच्नुस् यसरी

काठमाडौं । केही दिनयता चिसो बढेको छ । चिसो बढेसँगै विभिन्न खालका विरामीको संख्या बढेको छ । दम, मुटु, रुघा खोकी लगायतका समस्या मानिसहरुमा देखिएका छन् । चिसो मौसममा यस्ता विभिन्न समस्याबाट बच्न चिकित्सकहरुले सुझाव दिएका छन् । कस्ता रोग लाग्छ ? दम जाडो मौसममा दमका बिरामीको चाप बढ्ने गर्छ । जाडो मौसममा श्वासप्रश्वासका नलीहरू खुम्चने समस्या हुन्छ । यसरी नली खुम्चिएपछि श्वासनली साँघुरो बन्दै जान्छ र श्वासप्रश्वासमा बाधा उत्पन्न हुन …

पुरा पढ्नुहॊस »

रुटपरमिट खुला, यात्रुबाहक गाडीले जहाँसुकै जान पाउने

काठमाडाैं । दशैं यात्रालाई सजिलो बनाउन सरकारले आजदेखि सार्वजनिक सवारीसाधनलाई रुटपरमिट (इजाजत पत्र) खुला गरेको छ । अब असोज ३१ गतेसम्म बसलगायत यात्रुबाहक गाडीले जुनसुकै रुटमा चल्न पाउने छन् । साथै यात्रु भरिने बित्तिकै जान पाउने छन् । पालो कुरेर बस्नु पर्ने छैन । दशैं मान्न काठमाडौं उपत्यकाबाट विभिन्न जिल्लामा जाने तथा विभिन्न स्थानबाट उपत्यका आउने यात्रुको यात्रालाई सहज बनाउन यस्तो व्यवस्था गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले बताए …

पुरा पढ्नुहॊस »

चीनमाथि नेपालको फराकिलो जित, ११ बलमै खेल जित्यो

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनलाई फराकिलो अन्तरले हराएको छ । चीनले दिएको २७ रनको लक्ष्य पछ्याएको नेपालले बिना कुनै विकेट क्षति १.५ ओभरमा पुरा गरेको हो । नेपालका लागि बिनोद भण्डारीले ८ बल खेल्दै १ छक्का र ३ चौकासहित २४ रन बनाए भने प्रदीप ऐरीले ३ बल खेल्दै ४ रन बनाएका थिए । यसअघि बायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस …

पुरा पढ्नुहॊस »

कृषिमन्त्री नै भन्छन्- पानी, तेल र मासु ढुक्कले नखानुस् !

काठमाडाैं । ‘काठमाडौंका उपभोक्तालाई ढुक्कले पानी, तेल र मासु खान भन्न सक्ने अवस्थामा म छैन,’ यो भनाई कृषि तथा पशुपन्क्षी विकासमन्त्री चक्रपाणि खनालको हो । बजारमा पाइने खाद्य वस्तुप्रति मन्त्री आफैं ढुक्क छैनन् । सर्वसाधारणले अखाद्य वस्तु खान बाध्य छन् । यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ । केन्द्रीय खाद्य प्रयोगशाला नियमन गर्ने मन्त्री चक्रपाणि खनालले भने, ‘खाद्य वस्तुमा अखाद्य र मानव स्वास्थ्यलाई हानिकारक वस्तुको मिसावट अत्यधिक छ ।’ …

पुरा पढ्नुहॊस »

देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली

काठमाडाैं । देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन । नौँ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् । आजको नयाँ पत्रिकामा …

पुरा पढ्नुहॊस »

बेल्जियमको निर्वाचनमा भिड्दै नेपाली मुलका दुई चेली

काठमाडाैं । बेल्जियमको लुभेन नगरपालिकाको चुनावी मैदानमा एक नेपाली चेली अहिले आकर्षणको केन्द्र बनेकी छन् । उनको नाम हो रश्मी निरौला । रश्मीले पर्यटकीय नगरी लुभेन नगरपालिकाको काउन्सिल पदमा बेल्जियमको दोस्रो ठूलो पार्टी सिडी एन्ड भीबाट उम्मेदवारी दिएकी हुन् । बहुसंस्कृति र बहुराष्ट्रिय आप्रवासीहरुको ठूलो बासोबास रहेको लुभेन नगरमा गैरबेल्जियम समुदायका उम्मेदवारमध्ये उनको विजयलाई धेरैले निश्चित मानेका छन् । त्यसैगरी बेल्जियमको दोस्रो ठूलो शहर आन्त्वरपेन नगरपालिकामा पनि सीडी एन्ड भीले …

पुरा पढ्नुहॊस »

वामदेवका लागि काठमाडाैं-७ मा उपनिर्वाचन : राज्यकोषको करोडौं खर्च हुने

काठमाडौँ – नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । कान्तिपुर दैनिकमा खबर  छ । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड अघिल्लो निर्वाचनको हो। त्यही मतदातालाई अघिल्लै निर्वाचनको खर्चसँग तुलना गर्ने हो भने उपनिर्वाचन …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds