News desk

सुपरमाई हाइड्रोको परीक्षण उत्पादन

फिक्कल । इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन शुरु गरेको छ । इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलामा निर्माण गरिएको उक्त जलविद्युत आयोजनाबाट बुधबारदेखि परीक्षण उत्पादन थालिएको हो । उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ । इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन् । उक्त आयोजनाको परीक्षण उत्पादनसँगै अब सात …

पुरा पढ्नुहॊस »

वित्तीय र ऊर्जाक्षेत्र सुधारका लागि विश्व बैंकले दियो २३ अर्ब ऋण

काठमाडाैं । नेपालको मुख्य दातृ निकाय विश्व बैंकले दुईवटा कार्यक्रमका लागि २३ अर्ब नेपाली रुपैयाँ बराबरको ऋण दिने भएको छ । वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयनका लागि २० करोड अमेरिकी डलर सहुलियत ऋण सहायता प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । अर्थमन्त्री युवराज खतिवडा तथा विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरको उपस्थितिमा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकको …

पुरा पढ्नुहॊस »

रोनाल्डोमाथि लागेको बलात्कारका प्रमाण सबै ‘फेक’

काठमाडाैं । हालै युभेन्टस गएका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोमाथि लागेको बलात्कार आरोपमा पेश गरिएका प्रमाणहरु झुटो भएको उनका वकिलले बताएका छन् । ३३ वर्षे रोनाल्डोले सन् २००९ मा अमेरीकाको लस भेगसमा आफूलाई बलात्कार गरेको भन्दै केही साता अगाडि काथरीनले नै खुलासा गरेकी थिइन् । भेगसको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै अन्तवार्ता दिएपछि उनी रातारात चर्चामा आएकी थिइन् । तर रोनाल्डोका वकिलले काथरीनले बलात्कारका बारेमा पेश गरेको प्रमाणहरु फेक भएको …

पुरा पढ्नुहॊस »

बंगलादेशमा १९ जनालाई मृत्युदण्ड

काठमाडाैं । बंगलादेशको एक अदालतले सन् २००४ मा वर्तमान प्रधानमन्त्री शेख हसिनामाथि लक्षित एक आक्रमणका दोषी ठहरिएका १९ जनामाथि मृत्युदण्ड दिनेगरी फैसला गरेको छ । तत्कालीन विपक्षी दलकी नेतृ शेख हसिनाको ढाकामा आयोजित र्‍यालीमा ग्रिनेड आक्रमण गरिएको थियो । आक्रमणबाट शेख हसिना घाइते हुनुका साथै २० जना मारिएका थिए । तत्कालीन प्रधानमन्त्री खालेदा जियाका छोरा तारिक रहमान समेतका ४९ जना विरुद्ध उक्त आक्रमणको आरोप लागेको थियो । रहमानमाथि आक्रमणको योजना …

पुरा पढ्नुहॊस »

दक्षिण अफ्रिकाले जित्यो पहिलो टी–२०

काठमाडाैं । दक्षिण अफ्रिका र जिम्बावेबिच जारी ३ खेलको टी-२० सिरिजको पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकाले जिम्बावेलाई ३४ रनले हराएको हो । इष्ट लण्डनमा दक्षिण अफ्रीकाले दिएको १ सय ६१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको जिम्बावेले  १७ ओभर २ बलमा अलआउट हुँदै १२६ रन मात्र जोड्न सक्यो । जिम्बावेका पिटर मुरले ४४ रन जोडेपनि अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन् । त्यस्तै ब्रेण्डन …

पुरा पढ्नुहॊस »

दैनिक सवा लाख सर्वसाधारण काठमाडौं उपत्यकाबाट बाहिरिँदै

काठमाडाैं । काठमाडौं उपत्यकाबाट दसैँ मान्न घर जाने क्रम वढेको छ । विगत केही दिनदेखि विभिन्न नाका हुँदै दैनिक सवा लाख सर्वसाधारणले उपत्यकाबाट बाहिरिने गरेका छन् । केही दिनदेखि दैनिक सवा लाख भन्दा बढी सर्वसाधारण उपत्यकाबाट बाहिरिरहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यात्रु बाहिरने क्रम वढेकाले यतिबेला सवैजसाे सडकमा सवारीकाे चाप छ । काठमाडौँ उपत्यकाबाट थानकोट नाका, विपी राजमार्ग, बल्खु-कुलेखानी-हेटौंडा सडकबाट धेरैजसो यात्रु बाहिरिने गरेका छन् । विपी राजमार्गको …

पुरा पढ्नुहॊस »

बुद्ध एयरले पोखराबाट भारत र चीन उडान गर्ने

सर्वसाधारणलाई ३० प्रतिशत शेयर बिक्री गर्ने तयारी काठमाडाैं । निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले भारत र चीनमा उडान गर्ने भएको छ । स्थापनाको २१ वर्ष पूरा गरी २२ वर्ष प्रवेशको अबसरमा बुद्ध एयरका प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत र चीनमा उडान गर्ने योजना रहेको बताएका छन् । बुद्ध एयरले १४ वटा विमानबाट भारत र चीनका प्रमुख शहरमा उडान गर्न लागेको खबर आजको समाचारपत्र दैनिकले छापेको छ …

पुरा पढ्नुहॊस »

दैनिक उपभोग्य बस्तुमा अचाक्ली मूल्य वृद्धि : केमा कति वढ्यो ?

काठमाडाैं । चाडबाडमा मीठो खान र राम्रो लाउन सबैलाई रहर हुन्छ। व्यापारीले भने यही बेला दैनिक उपभोग्य वस्तुको बजारभाउ बढाएका छन्। यसले दसैंमा आम उपभोक्ताको भान्सा महँगो बनाएको छ । भान्सामा उपभोग हुने धेरै वस्तुमा १५ देखि २० प्रतिशत मूल्यवृद्धि भएको छ। हरियो तरकारीदेखि फलफूलसम्म, चामलदेखि खानेतेलसम्म भाउ बढेको छ । सुख्खा फलफूलको मूल्य पनि अचाक्ली बढाइएको छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजेश बर्माले लखेका छन्। थोक व्यापारीले आफूखुशी मूल्यवृद्धि …

पुरा पढ्नुहॊस »

केपी र प्रचण्डलाई स्थानीय नेताको प्रश्न- वामदेवको लागि किन उपचुनाव?

काठमाडाैं । वामदेव गौतमलाई उपचुनावमार्फत् संसद्मा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं–७ खाली गराउन स्थानीय नेताले नेकपाका अध्यक्षद्वयलाई सुझाब दिएका छन्। प्रतिनिधिसभाका सांसद् रामवीर मानन्धरले राजिनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारीपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए। यो खबर आजको कान्तिपुर दैनिकमा दुर्गा खनालले लेखेका छन्। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्युच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराएका छन्। …

पुरा पढ्नुहॊस »

कपिलवस्तुकै सांसद् प्रचार गर्छन्- बुद्ध भारतमा जन्मिएका हुन् !

काठमाडाैं । प्राचिन बुद्ध नगरी कपिलबस्तुबाटै निर्वाचित सांसद अभिषेकप्रताप साह गौतम बुद्ध भारतमा जन्मिएको प्रचार अभियानमा सहभागी भएका छन् । उनी कांग्रेसको तर्फबाट कपिलबस्तु–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । भारतको सीमावर्ती सिद्धार्थनगरमा मंगलबार गरेको बुद्ध सर्किट राष्ट्रिय रोडको शिलान्यास कार्यक्रममा सांसद साह विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । कार्यक्रममा बुद्ध सिद्धार्थनगरमा जन्मिएको दाबीसहित प्रचार गरिएको थियो । उत्तर प्रदेश सरकारले बुद्ध …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds