एक अमेरिकी डलर किन्न ११९ रूपैयाँ

काठमाडाैं । अमेरिकी डलरको मूल्यले ११९ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार डलरको बिक्रीदर मूल्य ११९ रुपैयाँ ३३ पैसा तथा खरिददर मूल्य ११८ रुपैयाँ ७३ पैसा छ ।

अघिल्लो दिनको तुलनामा यो ५३ पैसा महँगो हो ।  डलरले दैनिक उच्च मूल्यको रेकर्ड कायम गर्दै आएको छ । डलरको मूल्य बढ्दा आयातित सामानको समेत मूल्य बढ्न भएकाले महँगीको दर बढ्न जान्छ । यसले आयातित सामानमा पूर्ण निर्भर नेपालको व्यापार घाटा समेत बढाउँछ ।

भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको स्थिल विनिमय दर रहेको छ । भारु अमेरिकी डलरसँग कमजोर हुँदा त्यसको असर नेपाली रुपैयाँमा पनि पर्न जान्छ । नेपाली रुपैयाँ सस्तो हुँदा रेमिट्यान्स बढ्छ । त्यस्तो सेवा निर्यातबाट हुने आम्दानी पनि बढ्छ भने आयात गर्दा महंगो पर्न जान्छ । नेपालले ठुला मात्रामा आयात गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घट्यो

काठमाडौं । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, …

प्रतिकृया दिनुहॊस

This will auto close after