News desk

जयनगर-जनकपुर रेल सेवा मङ्सिरसम्ममा सञ्चालनमा आउने

काठमाडौ । बहुचर्चित जयनगर-जनकपुर रेल सेवा छिट्टै नै पुनः सञ्चालनमा आउने भएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले मङ्सिरसम्ममा जयनगर-जनकपुर रेल सेवा सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको जानकारी दिए । रेल सेवा सञ्चालनका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको उनले बताए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

पुरा पढ्नुहॊस »

प्रदेश १ का १९ स्थानीय तहमा पुगेन बैंक

विराटनगर । प्रदेश १ का १९ वटा स्थानीय तहमा बैंक तथा वितिय संस्थाको पहुँच पुगेको छैन । सबै स्थानीय तहमा बैंकको शाखा खोल्न राष्ट्र बैंकले निर्देशन दिए पनि प्रदेश १ का १३७ स्थानीय तहमध्ये १९ वटामा बैंक नपुगेका हुन् । नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कायम मुकायम निर्देशक हिमप्रसाद न्यौपानका अनुसार ११८ वटा स्थानीय तहमा बैंकको शाखा विस्तार भएको छ । २०७४ असार मसान्त सम्म १३७ मध्ये ५८ वटा स्थानीय …

पुरा पढ्नुहॊस »

रुदी ‘ए’ को व्यावसायिक उत्पादन एक महिनाभित्रै

काठमाडाैं । लमजुङ र कास्कीको सीमा भएर बग्ने रुदी खोलामा निर्माणाधीन ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । आयोजनाको निर्माण सुरु गरेको साढे दुई वर्षमा सबै निर्माण कार्य सकिएको हो । आयोजनाको निर्माण कार्य सकिएपछि यसको परीक्षण थालिएको छ । आयोजनाका प्रोजेक्ट म्यानेजर सरोज भट्टराईका अनुसार असोज २० गते गतेबाट पानी राखेर परीक्षण थालिएको छ । विद्युत् गृहमा ४.४ मेगावाटका दुईवटा पेलटन टर्बाइन जडान गरिएका छन् …

पुरा पढ्नुहॊस »

आजदेखि कात्तिक ७ गतेसम्म अदालत बन्द रहने

काठमाडौँ । सर्वोच्च अदालतलले बुधबार घटस्थापनाका दिनदेखि आगामी कात्तिक ७ गते कोजाग्रत पूर्णिमासम्म अदालत बन्द हुने जनाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जारी गरेको प्रेस विज्ञप्तिमा असोज २४ देखि कात्तिक ७ गतेसम्म अदालतल बन्द रहने भए पनि बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको छ । न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणको रिट निवेदन सुनुवाइ प्रयोजनका लागि विजयादशमी र उल्लेखित अवधिमा पर्ने शनिबारका दिनबाहेक अन्य …

पुरा पढ्नुहॊस »

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीद्वारा राजीनामा

काठमाडौं । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले पदबाट राजीनामा दिएकी छन् । साउथ क्यारोलिनाकी पूर्व गभर्नरसमेत रहीसकेकी हेलीको राजीनामाले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई आश्चर्यजनिक तुल्याएको छ । राष्ट्रपति ट्रम्पले उनको राजीनामा स्वीकार गरेका छन् । ट्रम्पले पत्रकारहरुसँग कुरा गर्दै आगामी दुई–तीन साताभित्रै हेलीको स्थानमा अर्को व्यक्ति पठाइने जानकारी दिए । उनले निकी हेलीसँग पुनः काम गर्न चाहेको र यसका लागि जुनसुकै पद पनि छान्न सकिने बताए । …

पुरा पढ्नुहॊस »

नेपालले कमजोर टोली चीनको सामना गर्दै

काठमाडाैं । मलेसियामा जारी आईसीसी विश्वकप टी–२० एसिया क्षेत्र छनोट ‘बी’ को पाँचौ खेलमा नेपालले चीनसँग खेल्दैछ । नेपाली समय अनुसार खेल बिहान ७ : ४५ बजेबाट बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुनेछ । जारी प्रतियोगिताकै सबैभन्दा बलियो टिम रहेको नेपाल २ खेल अगाडिनै छनोट भइसकेको छ । यस्तै दुई खेल अगाडिनै छनोटबाट बाहिरिसकेको चीन प्रतियोगिताकै सबैभन्दा कमजोर टोली हो । जारी प्रतियोगितामा सबै चार खेलमा जित निकालेको नेपाल ८ अंकसहित …

पुरा पढ्नुहॊस »

आज घटस्थापना, वैदिक विधिपूर्वक घरघरमा जमरा राखिँदै

काठमाडाैं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट …

पुरा पढ्नुहॊस »

बझाङ जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो [अपडेट]

काठमाडाैं । बझाङकाे केदारस्युँ गाउँपालिकाको बागथलाबाट बुङ्गल नगरपालिकाको विजगडाका लागि छुटेको से १ ज ७२६ नम्बरको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । बुंगल नगरपालिकाको ५ मिणिबगरमा भएको जिप दुर्घटनामा घाइते कञ्चनपुर बेदकोट नगरपालिका ५ का ३५ वर्षीय प्रेम बोहराको उपचारको क्रममा देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । यसअघि कञ्चनपुर वेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीय विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का …

पुरा पढ्नुहॊस »

निर्मला हत्याकाण्डः नागरिक संघर्ष समितिको धर्ना फिर्ता

काठमाडाैं । कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको वास्तविक हत्यारा र छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेको नागरिक संघर्ष समितिले धर्ना फिर्ता लिएको छ । उच्चस्तरीय छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक गरेसँगै समितिले धर्ना फिर्ता लिएको हो । नेपालीहरुको महान चाड दशैँ आएकाले कार्तिक ७ गतेसम्मका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको नागरिक संघर्ष समितिले जनाएको छ । मिना भण्डारी नेतृत्वको संघर्ष समितिले उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक …

पुरा पढ्नुहॊस »

बामदेवका लागि सांसद पद त्याग्न लागेका मानन्धरले भने- पार्टी निर्णयपछि राजीनामा दिन्छु

काठमाडाैं । काठमाडौँ-७ का सांसद रामवीर मानन्धरले भोलि बस्ने नेकपा केन्द्रीय सचिवालयको बैठकले सोही क्षेत्रबाट बरिष्ठ नेता बामदेव गौतमलाई उठाउने निर्णय गर्ने बताएका छन् । राजधानीमा मंगलबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सांसद मानन्धरले पार्टीले निर्णय गरेलगत्तै आफूले राजीनामा दिने उद्घोष पनि गरेका छन् । ‘भोलि केन्द्रीय सचिवालयको बैठकले यस सम्बन्धी निर्णय गर्ने संकेत पाएको छु’ सांसद मानन्धरले भने, ‘पार्टीको निर्णयपछि सभामुखकहाँ गएर राजीनामा बुझाउनेछु ।’ सांसद मानन्धरका भनाईमा, नेकपाले प्रत्येक सांसदबाट पहिले …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds