नेकपाको केन्द्रीय सचिवालय बैठक स्थगित

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बुधबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । गएको सोमबार बसेको सचिवालय बैठकले थप छलफल गर्नका लागि बुधबार बैठक बस्ने निर्णय गरेको थियो ।

तर शीर्ष नेता व्यस्त भएको भन्दै बैठक आउँदो शनिबारसम्मका लागि स्थगित गरिएको नेकपाले जनाएको छ । बुधबारको बैठकले स्थायी समिति बैठकको मिति र कार्यसूचि तय गर्ने भनिएको थियो ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटीको पदाधिकारी चयन गर्ने सचिवालय बैठकको निर्णयप्रति असन्तुष्टि जनाएपछि त्यसलाई सम्बोधन गर्न स्थायी समिति बैठक बोलाउन माग गर्नुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलभित्र कार दुर्घटना, महिला गम्भीर

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सडकमा कार दुर्घटना भएको छ । बिहान करिब ८ बजे …

प्रतिकृया दिनुहॊस